Homeसमाचारसंसद् क्षेत्र पूर्वाधार विकास कार्यक्रमको गलत प्रचार गरियो : अर्थमन्त्री महत

संसद् क्षेत्र पूर्वाधार विकास कार्यक्रमको गलत प्रचार गरियो : अर्थमन्त्री महत

संसद् क्षेत्र पूर्वाधार विकास कार्यक्रमको गलत प्रचार गरियो : अर्थमन्त्री महत

काठमाडौं, 12 जुन 2023

अर्थमन्त्री डा. प्रकाशशरण महतले संसद् क्षेत्र पूर्वाधार विकास कार्यक्रमको गलत प्रचार गरिएको बताएका छन् ।प्रतिनिधिसभा बैठकमा सोमबार बजेटमाथिका प्रश्नहरूको जवाफ दिँदै उनले बजेटका विशेषतालाई लुकाउन संसद् क्षेत्र पूर्वाधार विकास कार्यक्रमको गलत रूपमा प्रचार गरिएको टिप्पणी गरे ।

उनले भने, “संसद् क्षेत्र पूर्वाधार विकास कार्यक्रमको कुरा आएको छ । बाहिर प्रचार कसरी भयो भने, यो बजेटको विशेषता छन् – ती विशेषतामा केन्द्रित हुने भन्दा पनि यो बजेटको महत्त्वलाई कम गरेर देखाउने हिसाबले संसद् क्षेत्र पूर्वाधार विकास कार्यक्रमलाई कोष, कोष भनियो,” उनले भने, “यो सांसदहरूले आफ्नो खल्तीमा राख्नको लागि विनियोजित गरेको हो भनेर प्रस्तुत भयो । तर, त्यो होइन”।

यो वास्तवमा संसद् क्षेत्र पूर्वाधार विकास कार्यक्रम रहेको उनले स्पष्ट पारे । “अहिले बजेटका जुन सीमितता छ, भौतिक पूर्वाधार क्षेत्रमा धेरै ठूलो माग छ । सडकमा झन् यति धेरैमा माग छ कि माननीयज्यूहरूको क्षेत्रमा बजेट न्यून पुग्यो भनेर बेखुसी हुनुहुन्छ,” उनले भने, “बजेट छुट्यो, कम भयो भने पनि संसद् क्षेत्र पूर्वाधार विकास कार्यक्रमले सहयोग गर्छ भनेर ल्याएका हौँ ।”

उनले यो कार्यक्रमका लागि छुट्ट्याएको पाँच करोड रुपैयाँ पुँजीगत खर्च नै भएको बताए । एक सांसदले आफ्नो क्षेत्रमा पाँच करोडमध्ये कम्तीमा पाँच शीर्षकमा योजना छान्न सक्ने गरी बजेट विनियोजन गरिएको उनले उल्लेख गरे ।

सांसदको काम योजना छनोट गर्ने मात्र भएको उनले बताए । यो योजनाको ठेक्का पनि सम्बन्धित मन्त्रालयले लगाउने उनले स्पष्ट पारे ।

अर्थमन्त्री महतले अर्थमन्त्री भनेको ‘नो म्यान’ नै हुनुपर्ने बताएका छन् । सबै कुरा ‘एस एस’ भन्दै गए केही पनि बाँकी नरहने उनको भनाई थियो ।

आ.व. २०८०/०८१ को राजश्व र व्ययको वार्षिक अनुमानमाथिको छलफलमा उठेका प्रश्नहरुको जवाफ दिँदै अर्थमन्त्री महतले भने, ‘साधन र स्रोत नहेरी उत्साहित भएर जे पनि गर्न थाल्यौं भने हामी थेग्न सक्दैनौं । एस एस भन्ने कुरा अरुलाई सुट गरे पनि अर्थमन्त्रीलाई गर्दैन ।’

बजेटको आकार चालु वर्षको भन्दा २.४० प्रतिशतले माइनस रहेको समेत उनले बताए । उनले

ठूला देशहरुले गाजाँमा प्रतिबन्ध लगाउन आग्रह गरेपछि नेपालमा त्यसअनुसार कानुन बनेर प्रतिबन्धित भएको बताएका छन्।

गाँजालाई प्रतिबन्ध लगाउनु अन्यथा साहायता नै दिन्नौं भनेपछि त्यस अनुसार नेपालले कानुन बनाएर रोक लगाएको उल्लेख गर्दै उनले नेपाललाई रोक्न दवाब दिने मुलुकहरुले अहिले खुला गरेर विजनेश गरिरहेको बताए।नेपाललाई रोक्न दवाव दिनेहरुले नै गाँजा खेती खुला गरेर विजनेश गर्न थालेका कारण नेपालमा पनि गाँजा खेतीको सम्भावनाको विषयमा अध्ययन गर्ने भनेर बजेटमा राखिएको उनको भनाइ छ ।

 

यो समाचार पनि पढनुहोस्….

  1. गोल खाएपछि खेलाडीलाई लगाए ‘वाकआउट’…https://nationallivetv.in

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...