संसद् चल्दैन बार्गेनिङ चल्छ : सभापति लामिछाने
काठमाडौं, 7 अगस्ट 2023
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले संसद् नचल्ने तर बार्गेनिङ चल्ने बताएका छन् । लामिछानेले संसद् अवरुद्ध हुँदा असन्तुष्टि व्यक्त गरे । सोमबार दिउँसो १ बजेका लागि बोलाइएको प्रतिनिधि सभा बैठक सूचना टाँस गरेर ४ बजेका लागि सारिएको थियो ।
४ बजेका लागि सारिएको बैठक पनि पौने पाँच बज्दा समेत सुरु भएको छैन ।
उनले वर्षौँदेखि देशलाई कसरी प्यारालाइज्ड गरिएको छ भन्ने आफूले बुझ्दै गएको बताए।
उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘वर्षौँ देखि देशलाई कसरी प्यारलाईज्ड् गरिएको रहेछ भन्ने राम्ररी बुझ्दै छौँ। कयौँ कानुन बनाउनु पर्ने छ, कयौँ कानुनमा संशोधन छन्। जन सरोकारका कयौँ मुद्दामा छलफल र निर्णय गर्नु छ,’ उनले लेखेका छन्, ‘तर संसद् चल्दैन, बार्गेनिङ चल्छ, मात्र बार्गेनिङ। दुःखद…।’