काठमाण्डौ, 28 डिसेम्बर 2020
प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले संसद विघटनबारे अदालतले गर्ने निर्णय आफूहरुलाई मान्य हुने बताउनु भएको छ । देउवाले संसद विघटनको विषयमा अदालतमा विचाराधीन मुद्धाका विषयमा बोल्न नमिल्ने भन्दै संसद विघटन असंवैधानिक र अप्रजान्त्रिक कदम भएकाले आफूहरुले देशभर प्रदर्शन गरेको उहाँले बताउनु भयो । यो विषय अदालतमा विचाराधीन भएकाले धम्क्याएर, तर्साएर यो निर्णय गर नभन्ने बताउनु भयो ।
संसद विघटनको विरोधमा भक्तपुर क्षेत्र नम्बर २ मा आयोजित विरोध प्रदर्शनलाई सम्बोधन गर्दै देउवाले काँग्रेस पार्टी अदालतको निर्णय मान्ने पार्टी भएको बताउनुभयो ।
कम्युनिस्ट सरकार आएपछि दुई तिहाईका कारण अदालत केही डराएको भन्दै देउवाले तै पनि कति कुराहरुमा अदालतले स्वविवेकीय निर्णय गरेको देउवाको भनाई छ ।