HomeFeatureसंसद विघटन हुनसक्छ, दोष मलाई दिन पाइन्नः प्रधानमन्त्री केपी शर्मा ओली

संसद विघटन हुनसक्छ, दोष मलाई दिन पाइन्नः प्रधानमन्त्री केपी शर्मा ओली

काठमाण्डौ, 21 मे 2021

प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानको धारा ७६ ५ अनुसार सरकार निर्माण गर्न नसके आफुलाई समर्थन गर्न आग्रह गर्नुभएको छ ।प्रधानमन्त्री ओलीले शुक्रबार आकस्मिक पत्रकार सम्मेलन गरी सके आफु विरुद्ध सरकार गठन गर्न चुनौति दिनुभयो । सहमति जुट्न नसके आफुलाई समर्थन गर्न उहाँले आग्रह गर्नुभयो । उहाँले संविधानको धारा ७६ को ५ अनुसार आफुले पनि प्रधानमन्त्रीको दाबी गर्न सक्ने बताउनुभयो । सर्वत्र असहयोगका कारण सरकारको नेतृत्व गर्न मन नलागेर विश्वासको मत लिने कामबाट हात उठाएको बताएपनि उहाँले फेरि पनि सरकारको दाबी भने गर्ने बताउनुभएको हो । उहाँले विश्वासको मत नदिए प्रतिनिधिसभा विघटन हुन सक्ने र त्यसको जिम्मेवार आफु नहुने बताउनुभयो । उहाँले संविधानको धारा ७६ ५ अनुसार आफु प्रधामन्त्री भए र त्यसपछि विश्वास प्राप्त गर्न नसके संसद विघटन हुने र त्यसको आरोप आफुलाई लगाउन नमिल्ने तर्क गर्नुभयो ।

उहाँले भन्नुभयो “प्रतिनिधिसभा सदस्यको हिसाबले मैले दाबी गर्न सक्छु । म पनि दाबी गर्ने प्रयासमा छु । दाबी गर्न सक्छु । अहिलेसम्म मसंग १ सय २१ को मतभार छ । मलाई अलि सजिलो होला कि भनेर कोशिस गरिरहेको छु । यदि समर्थन प्राप्त भयो र त्यो राष्ट्रपतिलाई भरपर्दो आधार लागेर नियुक्त गर्नुभयो भने मैले सरकार बनाउँछु । अनि १ महिना भित्र फेरि विश्वासको मत लिनेछु । फेरि विश्वासको मत नदिएर अनि विघटन(प्रतिनिधिसभा) गर्यो भनेर आरोप लगाउन पाईने छैन । विश्वासको मत नदिने अनि चुनावमा गयो भन्न त पाईने छैन । ”

संविधान अनुसार सरकार गठन नभए अन्तत चुनावमा नै जानुपर्ने भन्दै उहाँले आफुलाई समर्थन गर्न आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो “आज समर्थन दिनोस् मलाई । म आग्रह सबैसंग गर्न चाहन्छु । समर्थन दिनोस् म सरकार बनाएर चलाउन चाहन्छु । दिनुहुन्न भने केपी ओलीले प्रतिनिधिसभा विघटन गरेर फेरी चुनावमा लग्यो देशलाई भनेर भन्न पाईँदैन । यो अस्थिरता, अस्तव्यस्तता पैदा गर्ने, सधैको विवाद खडा गर्ने सधैको किचलो पैदा गर्ने उहाँहरु जवाफदेही हुनुपर्छ, म होइन । त्यसकारण अहिले पनि मलाई समर्थन दिनोस् । म सबै दलहरुलाई आग्रह गर्छु । कमसेकम बहुमत पुग्ने गरि दिनोस् म आग्रह गर्छु । दिनुहुन्न भने अरुले बनाउनुहोस् चुनावमा नजाउँ । म त चुनाव भनेपछि प्रतिनिधिसभा विघटन भनेपछि अस्तिनै थुतुनो पोलेको मान्छे हुँ । म त्यता जान चाहन्न तर मेरो हातमा छैन । अरुले घेराबन्दी गर्ने । घेराबन्दी गरेर असफल बनाउने अनि आरोप चाहीँ मेरो टाउकोमा हाल्न पाईदैन ।”

प्रधानमन्त्री ओलीले आफुले अघि सारेका विकल्पमा पनि सहमत नहुने अनि आफ्नो विरुद्ध पनि सरकार गठन गर्न नसक्ने विपक्षीहरुलाई कपडा बुन्ने तानको सटर भनी टिप्पणी गर्नुभयो ।

उहाँले भन्नुभयो “उहाँहरुले लखेटेको लखेटेई गर्ने अनि मैले किस्तिमा लगरे चढाईदिनुपर्ने ? उहाँहरु कुरा गर्न पनि तयार नहुने । म कुरा गरुँ न भनिराखेको छु ।उहाँहरु कपडा बुन्ने तानको सटर जस्तो दक्षिण उत्तर , दक्षिण उत्तर गरिरहनुभएको छ । बीचमा किन अडिनुहुन्न ? बनाऔ सरकार मिर्लौ भन्दाखेरी फेरि किन मान्नुहुन्न ? ”

प्रधानमन्त्री ओली आफु तत्काल चुनावमा जाने पक्षमा नरहेको तर विपक्षीहरुको कारणले त्यो स्थिति बन्यो भने पनि संबैधानिक प्रक्रियाको रुपमा सबैले स्वीकार गर्नुपर्ने बताउनुभयो।

उहाँले भन्नुभयो “उहाँहरुले चुनावमै पुराउनुभयो भने आकाश खस्ने कुरा होइन । यो संबैधानिक प्रक्रिया हो । चुनावै भयो भने पनि आकाश खस्छ भन्ने कुरा होइन । चुनाव त यो मंसिरमा नभए अर्को मंसिरमा त गर्ने पर्छ । आउँदो फागुनमा त स्थानीय तहको निर्वाचन गर्ने पर्छ । जनताको अभिमत एक अवधिका लागि स्वीकार्नै पर्छ । प्रचण्ड जीले स्वीकारेको भए यो समस्या आउँदैनथ्यो नि त । माधव कुमार नेपालले जनताको अभिमतलाई स्वीकार्नुभएन । आफ्नै पार्टी ध्वस्त पार्न लाग्नुभयो । बिहानै बेलुकै कोटेश्वरतिर धाउने । आफुले अस्थिताको खेती गर्ने फेरि लोकतन्त्रको कुरा गर्ने ? ”

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...