HomeFeatureसंस्थागत विद्यालय शिक्षक युनियन (इस्टु)को गत जेठ १४ र १५ गते छैठौं...

संस्थागत विद्यालय शिक्षक युनियन (इस्टु)को गत जेठ १४ र १५ गते छैठौं महाधिवेशन सम्पन्न

काठमाडौं, 30 मई 2022

संस्थागत विद्यालय शिक्षक युनियन (इस्टु)को गत जेठ १४ र १५ गते छैठौं महाधिवेशन सम्पन्न भएको छ ।सोमबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै होमकुमार थापाको अध्यक्षतामा ४९ सदस्यीय कार्य समिति गठन भएको जानकारी दिइएको हो । महाधिवेशनबाट सहअध्यक्षमा मोतीराम फुयाँल, वरिष्ठ उपाध्यक्षमा केशबकुमार पाठक र देवीदत्त पौडेल, उपाध्यक्षहरुमा नारायण पौडेल, अञ्जु गौतम, रोहिणी प्रसाद पराजुली, धर्मराज भट्ट, उमेश सापकोटा लगायत निर्वाचित भएका छन् । इस्टुले नेपाल सरकारले दिएको हप्तामा दुई दिन शनिबार र आइतबार सार्वजनिक बिदा अनिवार्य रुपमा मान्नु पर्ने निर्णय गरेको छ। त्यस्तै, सस्थागत विद्यालयहरुमा कार्यरत शिक्षक कर्मचारीहरुलाई सरकारले तोकेको तलब, सबै खाले बिदा र सबै सुबिधा अनिवार्य प्रदान गर्न स्थानीय तहहरुलाई आग्रह गर्ने समेत जनाएको छ । कोभिड लकडाउनका कारणले रोकिएको शिक्षकहरुको पारिश्रमिक तुरुन्त प्रदान गर्न, शिक्षकहरुको वृत्ति विकासको लागि तालिमको ब्यवस्था गर्न,  नेपाल शिक्षक महासंघले नेपाल सरकार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयसँग २०७७ फाल्गुन ९ गते गरेको सम्झौता अक्षरस पालना गर्न समेत माग गरेको इस्टुले जारी गरेको घोषणा पत्रमा उल्लेख गरिएको छ । पत्रकार सम्मेलनमा बोल्दै नवनिर्वाचित अध्यक्ष होमकुमार थापाले छैठौं गत जेठ १४ र १५ गते भएको महाधिवेशनले ४९ सदस्यिय कार्यसमिति ३ वर्षका लागि चयन गरेको जानकारी दिनुभयो । थापाले विधानःत ६१ जनाको कार्यसमिति पुर्याउनु पर्ने भएकोले बाँकी पदहरु मनोनित गर्ने अधिकार अधिवेशनले नयाँ कार्यसमितिलाई दिएको सुनाए । ३३ प्रतिशत महिला र ५ प्रतिशत कर्मचारी अनिवार्य हुनुपर्ने विधानमा उल्लेखित भए अनुसार कार्यसमिति बनाइने उनको भनाई थियो ।  अध्यक्ष थापाले घोषणा पत्र वाचन गरेर सुनाएका थिए ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...