HomeFeatureसञ्चार तथा सूचना प्रविधिको विकासलाई राज्यले उच्च प्राथमिकतामा राख्नुपर्छ: उपराष्ट्रपति

सञ्चार तथा सूचना प्रविधिको विकासलाई राज्यले उच्च प्राथमिकतामा राख्नुपर्छ: उपराष्ट्रपति

काठमाडौं, 18 जून 2022

उपराष्ट्रपति नन्दबहादुर पुनले सञ्चार तथा सूचना प्रविधिको विकासलाई राज्यले उच्च प्राथमिकतामा राख्नुपर्ने बताउनुभएको छ । आइसिटी फाउण्डेशन नेपालले शनिबार काठमाडौंमा आयोजना गरेको डिजिटल नेपाल कम्क्लेभ विषयक कार्यक्रममा उहाँले आइसिटी क्षेत्रको तीव्र विकासका निम्ति राज्यले योजनाबद्ध रुपमा कार्य अघि बढाउनुपर्ने बताउनुभएको हो । उहाले सरकारले सार्वजनिक गरेको डिजिटल नेपाल फ्रेमवर्कको सपना पूरा गर्ने लक्ष्यअनुरूप गतिविधि अगाडि बढाउनुपर्नेमा जोड दिनुभयो । इन्टरनेटका माध्यमबाट जनतालाई सर्वसुलभ सेवा प्रदान गर्नुपर्ने भन्दै उहाँले सुशासनसँगै पूर्णरुपमा डिजिटल गर्भमेन्ट हुनुपर्ने जोड दिनुभयो ।  उहाँले तत्कालका लागि विश्वमा विकसित भएका विज्ञान प्रविधिको उच्चतम प्रयोगबाट नै कार्य सम्पन्न गर्दै त्यसलाई नेपालका सबै शहर र गाउँसम्म पु¥याउन तीनै तहका सरकारको सक्रियता हुनुपर्ने बताउनुभयो । कार्यक्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सूचना प्रविधिको समयानुकूल विकाससँगै दुई वर्षभित्र कूल गार्हस्थ्य उत्पादनमा सञ्चार क्षेत्रको योगदान दोब्बर बनाउने लक्ष्य राखिएको बताउनुभयो । सरकारले देशको सामाजिक तथा आर्थिक रूपान्तरणका लागि सूचना प्रविधि र सञ्चार प्रविधिको विकाससँगै शासकीय सुधार र सुशासनको अभिवृद्धिलाई विशेष जोड दिएको उहाँको भनाइ छ । आइतबारसम्म सञ्चालन हुने सो कार्यक्रममा नेपालको सूचना प्रविधिको क्षेत्रको विकास र विस्तारका लागि नीतिगत तथा कार्यान्वयनको विश्लेषण र भावी कदमबारे छलफल हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...