नयाँ दिल्ली, 13 जनवरी 2020
सडक परिवहन तथा राष्ट्रिय राजमार्ग मन्त्री नितिन गडकरीले पछिल्लो पाँच वर्षको अवधिमा सडक दुर्घटनामा भएको 4 प्रतिशतको वृद्धिप्रति चिन्ता व्यक्त गर्नुभएको छ। उहाँले सडक सुरक्षाका बारेमा मानिसहरूलाई शिक्षित गरिनु अत्यावश्यक रहेको बताउनुभयो। नयाँ दिल्लीमा सडक सुरक्षासम्बन्धी सरोकारवालाहरूको बैठकलाई सम्बोधन गर्नुहुँदै मन्त्री गडकरीले विश्व बैँक र एशियन विकास बैँकले सडकहरूमा भएका खाल्डा-खुल्डीहरू पुर्ने र सडक सुरक्षालाई बढावा दिन सात हजार करोड रूपैयाँको मञ्जूरी दिएको बताउनुभयो।
यस अवसरमा बोल्नुहुँदै रक्षामन्त्री राजनाथ सिंहले देशमा सडक दुर्घटनामा कमी ल्याउन सबै सरोकारवालाहरूलाई समन्वय गरेर काम गर्न आह्वान गर्नुभयो।
प्रत्येक वर्ष लगभग 4 लाख 50 हजार सडक दुर्घटना हुन्छ, जसमध्ये डेढ लाखभन्दा बढी मानिसहरूको मृत्यु हुने गरेको तथ्याङ्क छ। यस अवसरमा रक्षामन्त्रीले सडक दुर्घटनामा कमी ल्याउन राम्रो काम गरेवाफत तमिलनाडुलाई पुरस्कृत गर्नुभयो।









































