HomeFeatureसत्तागठबन्धन दलले एसपिपीबारे प्रधानमन्त्री देउवासंग छलफल गर्ने

सत्तागठबन्धन दलले एसपिपीबारे प्रधानमन्त्री देउवासंग छलफल गर्ने

काठमाडौं, 18 जून 2022

सत्तागठबन्धन दलले ‘स्टेट पार्टनरसिप प्रोग्राम’ (एसपिपी)का बिषयमा प्रधानमन्त्री शेर बहादुर देउवासंग छलफल गर्ने भएका छन् । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले माओवादी अध्यक्ष प्रचण्ड, जसपा अध्यक्ष उपेन्द्र यादव र आफुबीच शनिबार छलफल भएको र एसपिपीका बारेमा प्रधानमन्त्री देउवासंग छलफल गर्ने निष्कर्ष निकालिएको जानकारी दिनुभयो । शनिबार पार्टीको युवा विशेष जिल्ला कमिटीको सपथग्रहण कार्यक्रममा नेपालले एसपीपी सम्झौता नगर्ने यसअघि नै प्रधानमन्त्रीले स्पष्ट पारेपनि यसको चर्चापरिचर्चा धेरै भएकाले पुन छलफल गर्ने बताउनुभयो । अध्यक्ष नेपालले राष्ट्रिय अन्यौललाई चिर्दै एसपिपीको सत्यतथ्य बाहिर ल्याउनुपर्ने उल्लेख गर्नुभयो । एसपीपीमा धेरै बहस भएपछि खोज्दै जाँदा संसदमा यसबिषयमा हंगामा मनाउने दल नै जोडिएको कुरा आएको उहाले बताउनुभयो ।  त्यस्तै उहाले सरकार र सेनाको धारणा बुझ्दा एसपीपी अगाडि नबढ्ने विषय पक्कापक्की भएको धारणा राख्नुभयो । उहाले देशभक्तीको झण्डा र लोकतन्त्रको झण्डालाई आफ्ना पार्टीले कहिल्यै नछाड्ने स्पष्ट पार्नुभयो ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...