HomeFeatureसत्तारुढ गठबन्धनले पनि जनादेश गुमाएको छ प्रतिपक्षले पनि सफलता पाउन सकिरहेको छैन:...

सत्तारुढ गठबन्धनले पनि जनादेश गुमाएको छ प्रतिपक्षले पनि सफलता पाउन सकिरहेको छैन: पोखरेल

काठमाडौं, 23 दिसम्बर 2022

नेकपा एमालेका महासचिव शंकर पोखरेलले मुलुकमा राजनीतिक अस्थिरता र अराजकता सिर्जना हुँदै गएको बताएका छन् । शुक्रबार नेपाल पत्रकार महासंघको साधारणसभालाई सम्बोधन गर्दै महासचिव पोखरेलले मुलुकमा अब बलियो राष्ट्रिय शक्तिको आवश्यकता रहेको बताए । उनले यो जनादेशले मुलुकलाई सहि बाटोमा अघि बढाउन नसक्ने समेत बताए । वामपन्थीहरु एकजुट हुन आवश्यक रहेको बताउँदै उनले भने, ‘सत्तारुढ गठबन्धनले पनि जनादेश गुमाएको छ प्रतिपक्षले पनि सफलता पाउन सकिरहेको छैन । वामपन्थीहरु एक ठाउँमा उभिन आवश्यक छ। यो नै मुलुकको लागि फाइदाजनक हुन्छ। गठबन्धन समाधान होइन,  गठबन्धनबाट भविष्य निर्माण हुँदैन ।’ उनले दलहरू असफल भएको समेत बताए । उनले भने, ‘इतिहासबाट पाठ लिउँ तर भारी नबोकौँ । भविष्य कस्तो बनाउने भन्ने कुरामा ध्यान दिन आवश्यक छ।’ महासचिव पोखरेलले राज्य सञ्चालनमा स्वार्थको सौदाबाजी भइरहेको समेत बताउँदै  नयाँ जनादेशलाई सम्मान गर्ने कुरामा साझा दृष्टिकोण बनाउनुपर्नेमा जोड दिए । नेपाली राजनीतिमा विश्व राजनीतिको प्रभाव पर्दै गएको बताउँदै उनले यो बारेमा सुझबुझ राख्नुपर्ने बताए । उनले भने– ‘विश्व राजनीतिको प्रभाव नेपाली राजनीतिमा परिरहेको छ भन्ने कुरा किन हामीले बुझ्दैनौँ ?’ पोख्रेलले नेपाली पत्रकारिता क्षेत्रले जुन मान्यताबाट अघि बढ्नुपर्ने हो त्यसबाट विचलित भएको बताए । उनले राष्ट्रपतिप्रति प्रयोग गर्ने भाषामा नेपाली सञ्चारमाध्यमले एउटै भाषा प्रयोग गरिरहेकामा असन्तुष्टि व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...