काठमाडौं, 21 फरवरी 2022
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ गठबन्धन दलले कार्यकर्तालाई सडकमा ढुंगा हान्न लगाएर दोहोरो चरित्र देखाएको टिप्पणी गर्नुभएको छ । सोमबार काठमाडौं दहचोकस्थीत कालु पाँडेको समाधीस्थलमा आयोजित कार्यक्रममा अध्यक्ष ओलीले सरकारमा पनि आफै रहने र सडकमा पनि ढुंगा हान्न लगाएर गठबन्धनले दोहोरो चरित्र देखाएको टिप्पणी गर्नुभएको हो । ओलीले आफूहरूले संघर्ष गरेर ल्याएको प्रजातन्त्रमा अहिले सत्तारुढ गठबन्धनले सडक भत्काएर माथि जान खोजेको आरोप लगाउनुभयो । बानेश्वरमा भएको घटनाबारे बुझ्न गृहमन्त्रीलाई समेत फोन गरेर जानकारी लिएको समेत उहाले बताउनुभयो । प्रहरीलाई समेत सरकारले प्रदर्शनलाई रोक्ने अधिकार नदिएको समेत ओलीले बताउनुभयो । त्यस्तै उहाले इतिहासको गौरबलाई मास्न नदिने र मुलुकको सार्वभौमसत्ताको रक्षा गर्ने स्पष्ट पार्नुभयो । कार्यक्रममा बरिष्ठ साहित्यकार भूवन हरि सिग्देल, उत्तम बहादुर राउत, केदार पनेरु, डा सुनिता थापा, कविराज गिरि लगाएत १३ जनाले पृथ्वी नारायण, काजी कालु पाण्डे लगाएतसंग सम्बन्धीत शिर्षकमा कविता वाचन गरेका थिए ।









































