काठमाडौं, 20 फरवरी 2023
उपप्रधानमन्त्री एवम् राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले सत्ता गठबन्धनका उम्मेदवारलाई राष्ट्रपतिमा मत दिने बताएका छन । आइतबार बिर्तामोडस्थित संवाद समूहमा भएको कार्यक्रममा बोल्दै उपप्रधानमन्त्री लिङ्देनले सो बारे स्पष्ट पारेका हुन् । आफ्नो पार्टी संविधान परिवर्तन गर्न पाउने सुविधाको उपभोग गर्नेगरी अघि बढेको उपप्रधानमन्त्री लिङ्देनले बताए । उनले विद्युत् प्राधिकरणको मालिक अब नेपाली जनता हुने बताउनुहुँदै चाँडै नेपालमै हाइड्रोजन उत्पादन गर्न मिल्ने गरी व्यवस्था हुन लागेको समेत बताए । केही समयभित्रै स्वदेशमै रासायनिक मल उत्पादन गरेर मलखादको समस्या समाधान गर्ने दिशामा सरकार रहेको उनले बताएका छन् ।









































