काठमाडौं, 3 मार्च 2022
विकसित पछिल्लो राजनीतिक घटनाक्रमको समीक्षा र भावी रणनीतिबारे छलफल गर्न सत्ता गठबन्धनको बैठक बालुवाटारमा बसिरहेको छ । बैठकमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध दर्ता गराइएको महाभियोग प्रस्तावलाई अगाडि बढाउने विषयमा छलफल हुने कांग्रेसले जनाएका छन् । बिहीवार बिहान साढे ९ बजेपछि प्रधानमन्त्री निवास बालुवाटारमा बैठक शुरू भएको हो । अमेरिकी आर्थिक सहयोग कार्यक्रम मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) प्रतिनिधि सभाबाट अनुमोदन भएपछि पहिलो पटक बैठक बसेको हो ।









































