HomeFeatureसदनलाई सहज रुपमा अघि बढाउनका लागि बिभिन्न दलका नेताहरुसंग छलफल भइरहेको छ:...

सदनलाई सहज रुपमा अघि बढाउनका लागि बिभिन्न दलका नेताहरुसंग छलफल भइरहेको छ: खाँण

काठमाडौं, 24 फरवरी 2022

सरकारका गृहमन्त्री बालकृष्ण खाँणले सदनलाई सहज रुपमा अघि बढाउनका लागि बिभिन्न दलका नेताहरुसंग छलफल भइरहेको बताउनुभएको छ । बिहीबार संसद् भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै खाँणले सरकार सदन सुचारु गराउन चाहने भन्दै यसका लागि छलफल भइरहेको बताउनुभएको हो । उहाले सदनलाई सहज गराउने र प्रक्रियामा अगाडि बढेका प्रस्तावहरूलाई टुंगोमा पु¥याउने गरी कोसिस भइरहेको जानकारी दिनुभयो । उहाले सरकारमा रहेका सबै घटकहरूले सरकारले ल्याएको प्रस्तावको पक्षमा मतदान गर्नुपर्ने धारणा पनि राख्नुभयो । त्यस्तै एमाले नेता योगेश भट्टराईले एमालेले उठाएका माग सम्बोधन नगरी सरकारलाई सहयोग गर्न नसकिने प्रष्ट पार्नुभयो । उहाले गठबन्धनकै कारण नेपालको अन्तर्राष्ट्रिय छवि बिग्रिएको पनि बताउनुभयो । एमसीसी पारित गराउने दायित्व प्रतिपक्षी दलको नरहेको भन्दै भट्टराईले सरकारको मुख्य घटक नेपाली कांग्रेसले प्रतिपक्षसँग संवाद गर्न सकारात्मक पहल भएको जिकिर गर्नुभयो । त्यस्तै नेकपा एकीकृत समाजवादी नेता जीवनराम श्रेष्ठले एमसीसीलाइ जवरजस्त अघि बढाउन नहुने र यसका लागि सदनलाई सूचारु गर्नुपर्ने धारणा राख्नुभयो । त्यस्तै प्रतिपक्षको अवरोध हटाउन  प्रधानमन्त्री र सभामुखले पहल गरौ भनेर कार्यव्यवस्थामा आफूहरुले नै सुझाव दिएको उहाले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...