HomeFeatureसदनले बनाउने बाहेकका कानून निर्माणमा एकरुपता ल्याउनका लागि ऐनको मस्यौदा संसदमा पेश...

सदनले बनाउने बाहेकका कानून निर्माणमा एकरुपता ल्याउनका लागि ऐनको मस्यौदा संसदमा पेश गर्न सरकारलाई निर्देशन

काठमाडौं, 22 दिसम्बर 2021

राष्ट्रियसभा अन्तर्गतको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिले प्रत्यायोजित व्यवस्थापनलाई परिमार्जन र नियमनका लागि छुट्टै ऐनको मस्यौदा संसदमा पेश गर्न सरकारलाई निर्देशन दिएको छ । सिंहदरबारमा बुधबार बसेको समिति बैठकले सदनले बनाउने बाहेकका कानून निर्माणमा एकरुपता ल्याउनका लागि छिटो भन्दा छिटो छुट्टै ऐनको मस्यौदा संसदमा पेश गर्न सरकारलाई निर्देशन दिएको हो । प्रत्यायेजित बिधायन वा साहायक कानून निर्माण गर्दा एकरुपता नहुने देखिएकाले छुट्टै ऐनको आवश्यकता देखिएको समिति सभापति रामनारायण बिडारीले जानकारी दिनुभयो । उहाले सदनले बनाउने बाहेक सरकारले वा संवैधानिक निकायले बनाउने कानूनमा एकरुपता ल्याउनका लागि मापदण्ड आवश्यक रहेको बताउनुभयो । बैठकमा कानून मन्त्रालयका प्रतिनिधिहरुले प्रत्यायोजित व्यवस्थापनलाई परिमार्जन र नियमनका लागि छुट्टै ऐनको मस्यौदा मन्त्रीपरिषद्मा पेश गरिएको र पारित हुनेबितिकै सदनमा पेश गर्ने तयारी भएको जानकारी दिएका थिए ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...