काठमाडौं, 31 अगस्त 2021
नेपाली गीतसंगीत क्षेत्रमा विष्णु माझीको तीज गीत ‘चरी जेलैमा’ले नयाँ इतिहास बनाएको छ । नेपाली गीतमध्येमा यो गीतसबैभन्दा छिटो युट्युबमा एक करोड भ्यु पार गरेको छ । यो गीतको भिडियो १५ दिनमा एक करोड भ्युज पार गरेको थियो। यसअघि पल र मलिका अभिनित फूलबुट्टे सारीले प्रकाश सपुतको गलबन्दीसँग करोड पुग्ने म्युजिक भिडियोसँग बराबरी गरेको थियो । दुबै गीतले १८ दिनमा करोड भ्युज पार गरेका थिए।









































