काठमाडौं, 18 अप्रैल 2023
उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले देशका सबै योग्य नागरिकले छिाटोभन्दा छिटो नागरिकता पाउनुपर्छ भन्ने पक्षमा सरकार रहेको बताएका छन् । आज आयोजित पत्रकार सम्मेलनमा श्रेष्ठले संविधानले नागरिकताको हक सबै नेपालीलाई प्रदान गरेको भए पनि ऐन बनाएर मात्रै उपलब्ध गराउन भनेको स्मरण गराए । राष्ट्रपतिबाट विगतमा विधेयक फिर्ता भइसकेपछि ऐन निर्माणको प्रक्रिया अवरुद्ध बनेको उनको भनाइ थियो । संविधानले नै नागरिकता पाउनुपर्छ भनिएकाको हकमा भने अब नागरिकताबाट वञ्चित नगरिने उनले बताए ।









































