काठमाण्डौँ, 17 फरवरी 2020
सभामुख अग्निप्रसाद सापकोटा र नेपालका लागि नर्वेका राजदूत लास्से जोर्न जोहानेसेँ बीच भेटवार्ता भएको छ। सोमबार सिंहदरबार स्थित सभामुख सापकोटाको कार्यकक्षमा शिष्टाचार भेट भएको हो। भेटमा राजदूत जोहानेसेँले भर्खरै निर्वाचित हुनुभएका सभामुख सापकोटालाई शुभकामना व्यक्त गर्नुभयो। भेटवार्ताका क्रममा राजदूत जोहानेसेँले दुबै देशको आर्थिक र सामाजिक विकासका लागि सहकार्य गर्न आफसी समझदरीमा अगाडी बढ्नुपर्ने बताउनुभयो।
भेटमा दुई देशबीचको आर्थिक, सामाजिक तथा सांस्कृतिक विकासका लागि सहकार्य गर्ने विषयमा समेत छलफल भएको थियो।









































