HomeFeatureसभामुख र सरकारको अर्कमण्यताका कारण संसद् अवरुद्ध

सभामुख र सरकारको अर्कमण्यताका कारण संसद् अवरुद्ध

काठमाडौं, 14 दिसम्बर 2021

प्रमुख प्रतिपक्षी नेकपा एमालेले सभामुख र सरकारको अर्कमण्यताका कारण संसद् अवरुद्ध गर्नुपरेको जनाएको छ ।  मंगलबार बसेको राष्ट्रियसभाको एघारौँ अधिवेशन अन्तर्गतको पहिलो बैठकमा एमाले कारबाही गरेका सांसद्लाई सभामुखले नहटाएको प्रति बिरोध गर्दै एमाले राष्ट्रियसभा सदस्य खिमलाल भट्टराईले सभामुख र सरकारका अर्कमण्यताका कारण गलत दिशामा देशको राजनीति गइरहेको र बाध्य भएर संसद अवरुद्ध गर्नुपरेको बताउनुभयो । उहाले दलीय मान्यता अनुसार सभामुख अघि बढ्न नसकेको तर्क गर्नुभयो । भट्टराईले गैरसांसद राखेर संसद् चलाउने चेष्टा गरिएको र यो लोकतन्त्रको मूल्यमान्यता अनुरुप नरहेको तर्क गर्नुभयो । त्यस्तै उहाले अहिले मुलुकमा सरकार भएको महसुस हुन नसकेको बताउनुभयो । भट्टराईले धारणा राखेपछि एमालेका राष्ट्रियसभा सदस्यहरुले उठेर विरोध जनाएका थिए । एमालेका तत्कालीन नेता माधवकुमार नेपालसहित १४ सांसद्लाई कारबाहीका लागि सिफारिश गरिएकामा त्यसको सुनुवाइ नगरेको आरोप लगाएर एमालेले संसद अबरुद्ध गरेको हो । बैठकमा राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सीनाले बैठक अघि बढाउन आग्रह गर्दा पनि बिरोध कायम रहेपछि कार्यसूची अघि बढाउनुभएको थियो । बैठकमा ‘तेजाब तथा घातक रासायनिक पदार्थ नियमन, अध्यादेश, २०७८’ सहित विभिन्न छ अध्यादेश पेश भएको छ । बैठकमा गृहमन्त्री बालकृष्ण खाँणकातर्फबाट भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणुकुमारी यादवले ‘नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरीवेक्षण, समन्वय), पहिलो संशोधन अध्यादेश, २०७८’, र ‘सामाजिक सुरक्षा (पहिलो संशोधन) अध्यादेश, २०७८’ पेश गर्नुभयो । त्यस्तै कानून, न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्रप्रसाद बडूकातर्फबाट मन्त्री यादवले ‘यौन हिंसाविरुद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश, २०७८’ र ‘फौजदारी कसुर तथा फौजदारी कार्यविधिसम्बन्धी केही ऐन संशोधन गर्ने अध्यादेश, २०७८’ पनि पेश गर्नुभयो । त्यस्तै मन्त्री यादवले ‘रेल्वे अध्यादेश, २०७८’ पनि पेश गर्नुभयो । सभाको अर्को बैठक आगामी पुस ५ गते सोमबार दिउँसो १ बजे बस्नेछ ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...