HomeFeatureसमग्र राजस्व प्रणालीमा सुधार गर्ने प्रयास भइरहेको  छ: अर्थमन्त्री

समग्र राजस्व प्रणालीमा सुधार गर्ने प्रयास भइरहेको  छ: अर्थमन्त्री

काठमाडौं, 17 नवम्बर 2021

अर्थमन्त्री जनार्दन शर्माले समग्र राजस्व प्रणालीमा सुधार गर्ने प्रयास भइरहेको बताउनुभएको छ । १० औं राष्ट्रिय कर दिवसको बुधबार काठमाडौंमा आयोजित कार्यक्रममा अर्थमन्त्री शर्माले मुलुकको आर्थिक बिकासको महत्वपूर्ण क्षेत्र रहेको राजस्व प्रणालीमा सुधार गर्ने प्रयास भइरहेको बताउनुभएको हो । उहाले कर विवादको अवस्था गुपचुप राख्ने विषय राम्रो नभएको भन्दै सार्वजनिक गर्न राजस्व कार्यालयलाई निर्देशन पनि दिनुभयो । पछिल्लो समय करतादाहरुको धेरै गुनासो आएको भन्दै त्यस्ता गुनासाहरु सम्बोधन गर्न छुट्टै इकाई स्थापना गरिने उहाले बताउनुभयो । पछिल्लो समय राज्य र जनता केन्द्रित नीति बनाउँदा कतिपय उद्योगी व्यवसायी व्यक्तिगत आक्षेप लगाउँदै शक्तिकेन्द्र धाउन थालेको भन्दै उहाले राष्ट्र र जनताको हित हुने निर्णयबाट पछि नहट्ने स्पष्ट पार्नुभयो ।  अनौपचारिक क्षेत्रको अर्थतन्त्रलाई औपचारीक क्षेत्रमा ल्याउन नीतिगत सुधार गरिने उहाको भनाई छ । कार्यक्रममा विभिन्न संस्था, कम्पनी र ब्यक्तिहरुलाई सम्मान गरिएको थियो । कम्पनीतर्फ नेपाल टेलिकम सर्वाधिक कर तिर्ने कम्पनीको रुपमा सम्मानित भएको छ । यस्तै बैंकिङ समूहमा सबैभन्दा बढी कर बुझाउनेमा नबिल बैंक परेको छ भने लघुवित्ततर्फ छिमेक लघुवित्त सम्मानित भएको छ । यस्तै व्यक्तिगततर्फ सबैभन्दा बढी आयकर तिर्नेमा सिद्धार्थ शमशेर राणालाई सम्मान गरिएको छ । निर्यात उद्योगमा डाबर नेपालले सबैभन्दा बढी कर बुझाएर सम्मान पाएको छ । विशेष उद्योगमा सबैभन्दा बढी आयकर बुझाउनेमा एशियन पेन्ट्स परेको छ । कृषि तथा पशुजन्यमा पूर्वाञ्चल एग्रिटेक सम्मानित भएको छ । वस्तु व्यापारमा भाटभटेनी, अस्पतालमा नोबेल हस्पिटल, पर्यटनमा तारागाउँ रिजेन्सी र ऊर्जामा हिमाल पावरले बढी कर तिरेर सम्मानित भएका छन् । सबैभन्दा बढी कर दाखिला गर्नेमा सूर्य नेपालले सम्मान पाएको छ । भ्याट समयमा बुझाएर घोराही सिमेन्टले सम्मान पाएको छ । मध्यमस्तरको करदाता कार्यालयबाट सबैभन्दा बढी कर बुझाउने कर्जा सूचना केन्द्रले सम्मान पाएको छ ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...