HomeFeatureसमाजवादी पार्टी विभिन्न गुटउपगुटको पार्टी रहेको महन्थ ठाकुरको आरोप

समाजवादी पार्टी विभिन्न गुटउपगुटको पार्टी रहेको महन्थ ठाकुरको आरोप

काठमाडौं, 25 सितम्बर 2021

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका अध्यक्ष महन्थ ठाकुरले जनता समाजवादी पार्टी विभिन्न गुटउपगुटको पार्टी रहेको आरोप लगाउनुभएको छ । पार्टीको कार्यविशेषले शनिवार जनकपुरधाम पुगेका महन्थ ठाकुरले लोसपामा गुटउपगुट रहेको आरोप निराधार रहेको भन्दै जसपामा नै गुट उपगुट रहेको बताउनुभएको हो । उहाले लोसपालाई सानो गुट भन्नेहरुलाई पहिले आफनो घरमा नियाल्न सुझाव दिनुभयो । त्यस्तै अध्यक्ष ठाकुरले एमसीसीलाई अहिले हौवा बनाएको वताउदै एमसीसीलाई संसदमा आएपछि मात्र आफनो पार्टीको आधिकारीक धारणा वनाउने बताउनुभयो ।  यद्यपी उहाले आफुहरु एमसीसीको विरोधमा नरहेको उल्लेख गर्नुभयो । उहाले सरकारमा सहभागी हुने बिषयमा कुनै छलफल नभएको बताउनुभयो । आइतबार बिहान ११ बजेका लागि डाकिएको लोसपा प्रदेश २ संसदीय दलको बैठकमा सहभागी हुन अध्यक्ष ठाकुर जनकपुरधाम पुग्नुभएको वताइएको छ । ठाकुरको प्रमुख आतिथ्यमा हुने उक्त बैठकबाट संसदीय दलका नेता चयन गरिने बताइएको छ । जनता समाजवादी पार्टी (जसपा)का ५५ सांसदमध्ये मात्र १६ सांसद लोसपा रोजेका छन् । जसमध्ये चार सांसद दलका नेताको आकांक्षी छन् ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...