HomeFeatureसमानुपातिक सूचीमा असन्तुष्टि जनाउँदै कोइराला समूहको सानेपामा धर्ना

समानुपातिक सूचीमा असन्तुष्टि जनाउँदै कोइराला समूहको सानेपामा धर्ना

काठमाडौं, 28 सितंबर 2022     

नेपाली कांग्रेसमा समानुपातिक सूचीमा असन्तुष्टि जनाउँदै आएको डा शेखर कोइराला समूहले पार्टी कार्यालयमा धर्ना दिएको छ। डा शेखर पक्षका नेताहरुले पार्टी कार्यालय सानेपामा बुधवार धर्ना दिएका हुन्। कांग्रेसले निर्वाचन आयोगमा बुझाएको समानुपातिक बन्दसूचीप्रति असन्तुष्टि जनाउँदै आएको कोइराला पक्षले समान अवसर र न्यायको माग गर्दै पार्टी कार्यालयमा धर्ना दिएको हो । उनीहरु पार्टी कार्यालय अगाडि एक घण्टासम्म मौन धर्नामा बसेका हुन् । समानुपातिक बन्दसूची सच्याउन र आफ्नो पक्षलाई प्रत्यक्षतर्फ न्यायोचित सिट दिन काइराला पक्षको माग छ । आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको प्रत्यक्ष तथा समानुपातिक तर्फको उम्मेदवारमा सिफारिस भएका र उम्मेदवार बन्न आकांक्षा राखेका नेताहरु धर्नामा सहभागि थिए । संस्थापन पक्षले समानुपातिक बन्दसूची बनाउँदा एकलौटी गरिएको भन्दै कोइराला पक्षले गत शुक्रवारदेखि विरोध जनाउँदै आएको छ । समानुपातिक बन्दसूची नसच्चिए निर्वाचन बहिस्कारसम्म जाने कोइराला पक्षको चेतावनी छ । कोइराला पक्षको विरोधपछि समानुपातिक बन्दसूची सच्याउने सकिने सभापति शेरबहादुर देउवाले आश्वासन दिएका थिए । कोइराला पक्षले ४० प्रतिशत आफूले पाउनुपर्ने माग गर्दै आएको छ। यसै विषयमा पार्टीको ध्यानाकर्षण गराउन पटक-पटक भेला तथा छलफलसमेत आयोजना गरेको थियो।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...