HomeFeatureसमुन्नत नेपालको राष्ट्रिय सङ्कल्प पूरा गर्न कांग्रेसको जित आवश्यक: थापा

समुन्नत नेपालको राष्ट्रिय सङ्कल्प पूरा गर्न कांग्रेसको जित आवश्यक: थापा

काठमाडौं, 6 मई 2022

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले समुन्नत नेपालको राष्ट्रिय सङ्कल्प पूरा गर्न कांग्रेसको जित आवश्यक रहेको जिकिर गर्नुभएको छ । शुक्रबार काठमाडौंमा प्रजातान्त्रिक विचार समाजले आयोजना गरेको ‘स्थानीय तह निर्वाचन–२०७९ नेपाली कांग्रेसको सङ्कल्पः प्रस्ताव र बहस’ विषयक कार्यक्रममा थापाले संविधानले सुनिश्चित गरेका मौलिक अधिकारको व्यावहारिक कार्यान्वयनसँगै विधिको शासन स्थापित गरी स्रोतसाधनको भरपुर सदुपयोग गरेर जनतालाई अनुभूत हुने गरी सेवा दिन कांग्रेसले नेतृत्व गर्नुपर्ने बताउनुभएको हो । थापाले कांग्रेसले जितेमा अबको पाँच वर्ष बितेको पाँच वर्षको जस्तो निराशाजनक परिस्थिति नहुने बताउनुभयो ।  उहाँले अबको दशक रोजगारीको दशक हुने र प्रत्येक वर्ष पाँच लाख रोजगारी सिर्जना हुने गरी कृषि, पर्यटन, ऊर्जा आदि उपलब्ध स्रोत साधनको भरपुर उपयोग गरेर अघि बढ्ने मार्गचित्रसहित कांग्रेसले सङ्कल्प लिएको बताउनुभयो । उहाले यसअघि पाँच बर्षको अवधिमा भएका कामहरुको बारेमा जनतालाई जानकारी गराउनुपर्ने भएपनि कसैले पनि यसलाई ध्यान दिन नसकेको उल्लेख गर्नुभयो । कार्यक्रममा प्रजातान्त्रिक विचार समाजका अध्यक्ष डा केदारनरसिंह केसीले स्थानीय तह निर्वाचनको सङ्कल्प प्रस्ताव पार्टीको मार्गदर्शक भएको भन्दै यसको भरपुर उपयोग गर्नुपर्ने धारणा राख्नुभयो ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...