काठमाडौं, 12 अगस्त 2022
प्रधानमन्त्री शेरबहादुर देउवाले समुन्नत राष्ट्र निर्माणमा युवाहरूको महत्त्वपूर्ण भूमिका हुने बताएका छन् । राष्ट्रिय युवा परिषद्ले शुक्रबार अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा गरेको एक कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले सरकारले पनि युवा उद्यमशीलतालाई प्राथमिकता दिएको बताए । प्रधानमन्त्री देउवाले पछिल्लो समय अन्तरपुस्ता सीप हस्तान्तरको चुनौती रहे पनि त्यसलाई अवसरका रूपमा लिँदै अघि बढ्नुपर्ने बताए । त्यस्तै उनले युवाहरूलाई जीवनोपयोगी सीप सिकाइ स्वदेशकै माटोमा जीविकोपार्जनको अवसर दिनुपर्ने उनले बताए ।त्यस्तै अन्तर्राष्ट्रिय युवा दिवसजस्ता कार्यक्रमले समतामूलक शान्तिपूर्ण समाज निर्माणमा सहयोग पुग्ने पनि उनले बताए ।









































