HomeFeatureसरकारको विकल्प खोज्नेहरु सकुनी हुन: केपी ओली

सरकारको विकल्प खोज्नेहरु सकुनी हुन: केपी ओली

काठमाण्डौ,10 अप्रैल 2021

प्रधानमन्त्री केपी शर्मा ओलीले विकास विरोधीहरु सरकार परिर्वतनको खेलमा लागेको बताउनुभएको छ । शनिबार काठमाण्डौमा आयोजित नेपाल उद्योग वाणिज्य महासंघको ५५ औ बार्षिक साधारणसभा तथा उद्योग वाणिज्य दिवसको उद्घाटन सत्रलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले विकास विरोधीहरु सरकार परिर्वतनको खेलमा लागेको दाबी गर्नुभएको हो। भुकम्पले ध्वस्त बनाएका संरचनाहरुको पुर्ननिर्माण, अस्पताल र बाटाहरु निर्माणका लागि सरकारले उल्लेखनिय काम गरेको दाबी गर्नुभयो । विकास विरोधी र मुलुकमा अस्थिरता निम्त्याउन खोज्नेहरुले सरकारको विकल्प खोज्नेतर्फ उन्मुख भएको भन्दै उहाँले त्यस्ता क्रियाकलापमा संलग्नहरुलाई “सकुनी”को संज्ञा दिनुभयो । उहाँले संसदीय अंकगणितलाई दुरुपयोग गर्ने “सकुनीका गोटी ”नै आफुले फ्याकिदिने चेतावनी दिनुभयो ।

उहाँले भन्नुभयो सरकार परिर्वतनका प्रयासहरु भईरहेका छन् । सरकार परिर्वतन गर्न खोज्नेहरुलाई मैले सोध्ने गरेको छु । सरकार किन परिर्वतन गर्नुपर्यो ? पुर्ननिर्माणका काम अघि बढीरहेकाले हो ? कि अरु केही कारण छन् । हामीले ३ सय ९ वटा अस्पतालको एकैचोटी सिलन्यास गर्यौ, धमाधम बन्दैछन् । त्यसकारणले हो ? १ सय ६५ वटा बाटाहरु एकैपटक सिलन्यास गर्यौ र बन्दैछन् । त्यसकारणले हो ? एकहप्ता भित्र देश भित्र नयाँ ८ वटा औद्योगिक क्षेत्रहरु स्थापना गर्यौ । त्यसकारणले हो ? केही पनि भएन भन्नुहुन्छ उहाँहरु । यो त लखनौको एक्काको घोडाले पनि देख्छ यो भन्दा बढी त । त्यसले बाटो त देख्छ । यी त बाटो पनि देख्दैनन् । मलाई अचम्म लाग्छ ।

मुलुकमा अस्थिरता ल्याउन खोज्नेहरुले संसदीय अंकगणितलाई व्यक्तिगत स्वार्थका लागि दुरुपयोग गर्ने प्रयास गरिरहेको उल्लेख गर्दे उहाँले आफुले त्यस्तो हुन नदिने दाबी गर्नुभयो । उहाँले राजनीतिमा देखिएका सकुनीहरुले संसदको अंकगणितलाई आफ्नो स्वार्थ अनुकुल प्रयोग गर्न खोजेको उल्लेख गर्दे सकुनीका गोटी नै फ्याँक्न आफु एकलै पर्याप्त भएको दाबी गर्नुभयो ।

 

उहाँले भन्नुभयो अस्थिरता ल्याउन खोज्ने तत्वहरु, संसदीय अंकगणितलाई गलत प्रयोजनका लागि पुर्याउने प्रयासहरु, अस्थिरताका लागि अंकगणितको दुरुपयोग गर्न खोज्ने प्रयासहरु  विल्कुलै सकारात्मक होईनन् । देश हितमा छैनन् । विकासको पक्षमा छैनन् । शान्तिको पक्षमा छैनन् । के भएको थियो ? केही भएको थियो र ? सरकार विकासका काममा लागिरहेको थियो ।लागिरहेको छ । कहिले तमासा गरेका छन् । ….तपाईहरु आफ्ना उद्योगमा लाग्नुहोस् । यी कुराहरुलाई त मै ठेगान लगाईहाल्छु । तपाईहरु आफ्नो काममा लाग्नुहोस् । मलाई सरकार जान्छ कि भन्ने कुनै पिर पनि छैन । पहिले पनि म सरकारबाट हटाईएको हुँ । फेरि जनताले ल्याए । केही छैन १८/२० महिना होला । त्यसपछि फेरी यस्तो अंकगणितलाई वरपर पार्न खोज्ने खालका सकुनीका गोटी पनि फ्याकिने छन् । गोटी नै फ्याक्दिएपछि सकुनीले के लडाउँछ ?”

पाण्डव र रामको दृष्टान्त दिदै उहाँले केही महिनालाई तलमाथि परिहाल्यो भने पनि आफु फेरि पनि सत्ताको नेतृत्वमा आईपुग्ने दाबी गर्नुभयो ।

सम्मृद्ध नेपाल निर्माणको उद्देश्यसाथ अघि बढेका र सिसिमा औषधी बेच्नेबीचको भेद  छुट्याउनुपर्ने भन्दै उहाँले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई व्यंग्य गर्नुभयो।

उहाँले भन्नुभयो जबसम्म राजनीति परिपक्क हुदैन तबसम्म, जबसम्म मान्छेले सही र गलत छुट्याउदैन तबसम्म, जबसम्म देश र व्यक्तिगत स्वार्थका बीचको अन्तर छुट्याउन सक्क्तैन आम जनताले तबसम्म यस्ता समस्याहरु देखा पर्छन । देश बनाउने संकल्प र अठोट र एउटा सिसिमा औषधी बेच्नेका बीचको भेद, एउटा अर्थपुर्ण कुरा र विज्ञापनलाई एट्रक्याटिभ बनाउनका लागि गरिएको प्रचारका बीचमा भेद पाउँदैनौ भने अनि देश अलमलमा पर्छ । बेच्नुपर्ने हुन्छ एउटा गोगो सावन । विज्ञापनमा के आउँछ ? गाईले पनि तैलाई लखेट्छ । कुखुराले पनि तैलाई लखेट्छ् भनेर आउँछ । गोगो सावन र गाई र कुखुराले लखेट्ने कुराको भेट कहाँ हुन्छ ? …तालमेल नभएका कुराको विज्ञापन र देश विकास गर्ने अठोट संकल्प, दृष्टिकोणका बीच भिन्नता छुट्याउनुपर्यो । अलि अलि समस्या त हुन्छन् ।

सम्मृद्ध नेपाल सुखी नेपालीको लक्ष्य हासिल गर्नका लागि उद्योगव्यवसायलाई सबै ढंगले सुदृढ बनाउनुपर्ने भन्दै उहाँले सम्मानित उद्योग व्यवसाय, सम्मुन्नत नेपालको मर्म अनुसार अघि बढ्नुपर्नेमा जोड दिनुभयो । देशले पनि उद्योगव्यवसायीबाट सम्मानयोग्य व्यवहारको अपेक्षा गर्ने भन्दै उहाँले त्यसतर्फ पनि सबैलाई सचेत गराउनुभयो ।

उहाँले भन्नुभयो सम्मानयोग्य व्यवहार तपाईहरुबाट देशले अपेक्षा गर्छ ।

उहाँले उद्योग व्यवसाय विस्तार र विकासमा देखिएका समस्या समाधान गर्न सरकार तयार रहेको भन्दै सरकारलाई बुँदागत रुपमा सुझाव दिन आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो कुनै कानुन, नियम, निर्देशिका र व्यवहारमा परिवर्तन आवश्यक छ । हामीले त्यो पुरा गर्दे आएका छौ । बाँकी जे आवश्यकता छ त्यो पुरा गर्न लेखेर दिनोस् भनेको छु मैले ।सरकारले गर्नुपर्ने चाहीँ के हो भनेको पिनप्वाईन्ट चाहिन्छ । कुन ठाउँमा ? कुन विन्दुमा ? के का लागि ? उद्योग स्थापना, सञ्जालन, उत्पाद, कच्चा पदार्थ आयात, उत्पादन वृद्धि, निर्यात वा बिलम्ब भएको छ अथवा व्युरोक्र्याटिक हडल्सहरु छन् भने त्यसका लागि, हामी सुझावहरु स्वागत गर्छौ ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...