HomeFeatureसरकारद्वारा ल्याएको बजेटले मुलुकको आर्थिक संकटलाई सम्बोधन गर्न नसकेको ज्ञवालीको आरोप

सरकारद्वारा ल्याएको बजेटले मुलुकको आर्थिक संकटलाई सम्बोधन गर्न नसकेको ज्ञवालीको आरोप

काठमाडौं, 2 जून 2022

नेकपा एमालेका सांसद प्रदीपकुमार ज्ञवालीले सरकारले ल्याएको बजेटले मुलुकको आर्थिक संकटलाई सम्बोधन गर्न नसकेको आरोप लगाउनुभएको छ । प्रतिनिधिसभाको बिहीबारको बैठकमा आर्थिक वर्ष २०७९÷८० को बजेटमाथिको छलफलका क्रममा ज्ञवालीले विश्वमा आर्थिक सङ्कट पैदा भइरहेको अवस्थामा प्रतिकूलतालाई विचार गरेर बजेट आउन नसकेको बताउनुभयो । ज्ञवालीले वर्तमान सरकारले राजनीतिक अस्थिरता र आर्थिक अस्थितरता दुवै ल्याएर थप सङ्कट ल्याएको र आफूले त्यस्तो अपेक्षा नगरेको बताउनुभयो । ज्ञवालीले बजेट देशभित्र विकास बाधक र कतिपय अवस्थामा संवेदनशीलसमेत देखिएको बताउनुभयो । सांसद ज्ञवालीले बजेट कार्यान्वयन हुने खालको नभएको उल्लेख गर्दै वर्तमान सरकार चुनावी सरकार मात्र भएको तर्क गर्नुभयो । त्यस्तै कांग्रेसका सांसद गगनकुमार बजेटमा व्यापार घाटा घटाउने र उत्पादन वृद्धिका कार्यक्रम अत्यन्तै राम्रो भएको बताउनुभयो । उहाँले करमा छुटेका कुरालाई समेत एक ठाउँमा ल्याउनुपर्नेमा जोड दिनुभयो । सांसद थापाले मन्त्रालयहरूले आफ्नो प्राथमिकता बताएअनुसार बजेट आएको र सामाजिक सुरक्षाका कुरालाई प्रभावकारी बनाउनुपर्ने धारणा राख्नुभयो ।  बजेटका स्रोतहरूमा पारदर्शिता कुरामा स्पष्ट हुनुपर्ने उहाको भनाई छ । त्यस्तै माओवादी केन्द्रका सांसद गिरिराजमणि पोखरेलले स्वास्थ्य र शिक्षाका कुरामा आएको बजेट राम्रो भएको तर स्वास्थ्य बिमा कम्पनीलाई दिने कुरामा आफ्नो समर्थन हुन नसक्ने बताउनुभयो । उहाले समतामूलक पहुँचयोग्य र गुणस्तरिय शिक्षामा बढी ध्यान दिनुपर्ने सुझाव दिनुभयो । त्यस्तै सांसद जीवनराम श्रेष्ठले बजेटले सबै क्षेत्रलाई समेटेको र कार्यान्वयन गर्न सुझाव दिएका थिए ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...