HomeFeatureसरकारलाई कर तिर्न पनि घुस खुवाउनुपर्ने स्थिति छ : लिङदेन

सरकारलाई कर तिर्न पनि घुस खुवाउनुपर्ने स्थिति छ : लिङदेन

काठमाडौं, 9 मई 2023

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले सरकारलाई कर तिर्न पनि घुस खुवाउनुपर्ने स्थिति आएको दाबी गरेका छन्। प्रतिनिधिसभाको मंगलबारको बैठकमा आगामी वर्षको बजेटका प्राथमिकता र सिद्धान्तका विषयमा बोल्दै लिङ्देनले बजेटमार्फत् स्वदेशी लगानीलाई प्राथमिकता दिने नीति अवलम्बन गर्न माग गरे ।

उनले दुधकोशी, तमोर र बुढीगण्डकीजस्ता ठूला आयोजनाहरू नै स्वदेशी लगानीमा बनाउने प्रबन्ध गर्न माग गरेका छन् । ‘अहिले निजी क्षेत्र निराश छ । लगानीको वातावरण छैन । लगानी गर्ने पुँजीको अभाव छ । उद्यमीहरू आत्महत्या गर्ने बाटोमा गइरहेका छन् । यो विषयमा सरकार गम्भीर हुनुपर्‍यो । लगानीमैत्री वातावरण सिर्जना गर्नुपर्‍यो । उद्यमीहरूलाई प्रोत्साहन गर्ने खालको नीति र बजेट ल्याउन म सरकारसँग माग गर्दछु,’ उनले भने, ‘सरकारले स्वदेशी लगानीलाई प्राथमिकता दिने हो भने त्यसकालागि हाम्रो नीतिहरु परिवर्तन हुनुपर्छ । हामी अहिले सरकारलाई कर तिर्न पनि घुस खुवाउनुपर्ने स्थितिमा छौं । कोही पनि उद्यम व्यवसाय गर्न तयार छैन, लगानीको वातावरण छैन ।’

उनले यदि साँच्चिकै सुशासन र पारदर्शी खर्च प्रणाली चाहेको भए सार्वजनिक खरिद ऐन संशोधन गरेर अघि बढ्न आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...