काठमाडौं, 6 दिसम्बर 2022
विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले आफ्ना पार्टीका नेता–कार्यकर्तामाथि लगाइएको मुद्दा खारेज गरी तत्काल जेलबाट रिहाई गर्न सरकारलाई दबाब दिएको छ।
मंगलबार सिंहदरबारमा गृहमन्त्री बालकृष्ण खाँणसँग भेटगरी नेकपा प्रवक्ता खडग्बहादुर विश्वकर्मा ‘प्रकाण्ड’ले दबाब दिएका हुन्। मुलुक निर्वाचनको परिणामसँगै नयाँ सरकार गठनको चरणमा प्रवेश गरिरहेका बेला नेकपाले भने यही सरकारले आफूहरुको माग सम्बोधन गर्नुपर्ने जिकिर गरेको छ । मुलुक निर्वाचनको परिणामसँगै नयाँ सरकार गठनको चरणमा प्रवेश गरिरहेका बेला नेकपाले भने यही सरकारले आफूहरुको माग सम्बोधन गर्नुपर्ने जिकिर गरेको छ । वर्तमान सरकारले कानुनी जटिलता पनि हल गरेर नेकपाका नेता, कार्यकर्तामाथि लगाइएको मुद्दा खारेज गर्ने र जेलबाट रिहाई गर्ने निर्णय मन्त्रिपरिषदबाट गरिसकेकाले त्यसलाई छिटो कार्यान्वयन गर्न सरकार सक्षम माग राखेको नेकपाका प्रवक्ता प्रकाण्डले बताए । ‘सरकार र हामीबीच भएको सहमती छिटोभन्दा छिटो यसलाई रिजल्टमा उर्तानुस् र हामीलाई रिजल्ट दिनुस्, जनतालाई रिजल्ट दिनुस् भनेर हामीले आज भनेका छौँ। सरकारले यसप्रति इमान्दार र प्रतिवद्ध छौँ भनेको छ। यसलाई पूरा गर्ने सन्दर्भमा फेरि पनि हामी लाग्छौँ’, गृहमन्त्रीसँगको भेटपछि न्यूज एजेन्सी नेपालसँग सञ्चारकर्मीसँग संक्षिप्त कुरा गर्दै नेकपाका प्रवक्ता प्रकाण्डले भने, ‘लागिरहेका छौं भन्ने सरकारको जवाफ छ। वार्ता सकारात्मक छ। तर, अहिले हामीले खोजेको परिणाम हो। त्यो हेर्नुपर्छ। छिटो सरकारले यो परिणाम सार्वजनिक गरोस् भन्ने हाम्रो चाहना छ। पछिल्लो सहमती भइसकेपछि क्याबिनेटले निर्णय गरिसकेको छ।’









































