HomeFeatureसरकारले अध्यादेश ल्याउनका लागि जानीजानी संसद् अधिवेशन अन्त्य गर्नुहुन्नः नेम्वाङ

सरकारले अध्यादेश ल्याउनका लागि जानीजानी संसद् अधिवेशन अन्त्य गर्नुहुन्नः नेम्वाङ

काठमाडौं, 6 फरवरी 2023

नेकपा (एमाले)का उपाध्यक्ष एवम् पूर्वसभामुख सुवास नेम्वाङले अध्यादेश ल्याउनका लागि संसद् अधिवेशन जानीजानी अन्त्य गर्ने काम सरकारले गर्न नहुने बताएका छन् । उनले कुनै पनि लोकतान्त्रिक सरकारले अध्यादेश ल्याउनका लागि संसद् अधिवेशन अन्त्य गर्न नमिल्ने तर्कसमेत गरे। तर विगतका सरकारहरुले पार्लियामेन्टमा विधेयक ल्याएर कानुन बनाउनुपर्नेमा अध्यादेश ल्याएर गल्ती गरेको उनको भनाइ थियो। सोमबार प्रतिनिधिसभा नियमावली मस्यौदा समितिको सिंहदरवारमा बसेको बैठकमा बोल्दै उपाध्यक्ष नेम्वाङले हरेक लोकतान्त्रिक सरकारले अध्यादेशको बाटो जान नपरोस् भन्ने सोच राख्नुपर्ने स्पष्ट पारे । उनले संसदलाई बन्द गरिदिने अनि अध्यादेश ल्याउने सजिलो बाटो सरकारले खोज्न नहुने पटकपटक दोहो-याए । संसदलाई छलेर अध्यादेश ल्याउने काम संविधानमा पनि नभएको उल्लेख गर्दै त्यस्तो काम गर्न नमिल्ने गरी आवश्यक व्यवस्था मिलाउनुपर्नेमा उनले जोड दिए। उपाध्यक्ष नेम्वाङले संविधानमा त्रुटि देखाएर गल्ती आफूले गर्ने काम सरकारले नगर्न नमिल्ने पनि बताए ।   भारतीय संविधान निर्माता अम्बेडकरको भनाई उद्धृत गर्दै उनले गल्ती, कमीकमजोरीहरु आफूमा राखेर संविधानमा त्रुटि देखाउने काम सरकारले गर्न नहुने बताए ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...