HomeFeatureसरकारले काम देखाउनुको विकल्प छैन : सांसद श्रेष्ठ

सरकारले काम देखाउनुको विकल्प छैन : सांसद श्रेष्ठ

काठमाडौँ, ४ मार्च, २०२०
राष्ट्रियसभाका नवनिर्वाचित सदस्य नारायणकाजी श्रेष्ठले जनादेश प्राप्त सरकारले जनताको चाहाना र आकांक्षा अनुसार काम गरेर देखाउनुको विकल्प नभएको बताउनुभएको छ ।

राष्ट्रियसभा सदस्यको सपथ लिए लगत्तै बुधबार बसेको राष्ट्रियसभा बैठकमा नवनिर्वाचित सदस्यहरुको तर्फबाट मन्तव्य राख्दै उहाँले वर्तमान सरकारसंग सम्मृद्ध नेपालको कार्यभार पुरा गरेर देखाउनु बाहेक विकल्प नभएको बताउनुभएको हो । उहाँले लोकतान्त्रिक शासन व्यवस्था, स्थिर राजनीतिक अवस्था र जनादेश प्राप्त बहुमत प्राप्त सरकार भएकाले सरकारलाई “यताउता” गरेर बहाना देखाउने छुट नभएको बताउनुभयो ।
उहाँले “लोकतन्त्र भएन भन्न पाईदैन । संक्रमणकाल छ संविधान छैन भन्न पाईदैन । अब बहुमतको सरकार छैन राजनैतिक स्थिरता छैन । राजनैतिक अस्थिरता छ भन्न पाईदैन र अब हामीले व्यवहारमा सम्मृद्ध नेपालको कार्यभार पुरा गरेर देखाउनु बाहेक यताउता गर्ने ठाउँ छैन ।”

राजनीतिक परिर्वतनलाई सामाजिक आर्थिक क्षेत्रमा रुपान्तरण गरेर व्यवहारमा देखाउनुबाहेक अर्को विकल्प नभएको भन्दै उहाँ त्यसका लागि सरकारको एक्लो प्रयासले नहुने भएकाले सबै दल एक ठाउँमा उभिनुपर्नेमा जोड दिनुभयो ।
उहाँले भन्नुभयो “हामी सबै जुनसुकै पार्टीमा होऔ । सरकारमा होऔ । सत्तारुढ पार्टीमा होऔ वा बाहिर होऔ । सबैको जिम्मेवारी यो देशलाई जुन उद्देश्यले हामीले राजनीतिक परिर्वतन गर्यौ त्यो उद्देश्यलाई राजनीतिक परिर्वतनमा मात्रै सिमित नराख्ने, राजनीतिक उपलब्धिमा मात्रै सिमित नराख्ने त्यसलाई सामाजिक आर्थिक क्षेत्रमा विस्तारित गर्ने र यो देशलाई सम्मृद्ध नेपालमा रुपान्तरण गर्नु हो । व्यवहारमा देखाउनु बाहेक अर्को कुनै विकल्प छैन । यसको जिम्मेवारी मुलत जनादेशले हाम्रो पार्टीको सरकारलाई दिएको छ । सरकारले नै मुख्य जिम्मेबारी पुरा गर्नुपर्छ । ”

उहाँले अतिक्रमित भुभमाग फिर्ता, लोकतन्त्रको विकास र विकासको आधारभूत विषयमा सत्तापक्ष, विपक्ष लगायत सामाजिक संघ संस्था, नागरिक समाज सबैमिलेर काम गर्नुपर्नेमा जोड दिनुभयो । अतिक्रमित भु–भाग फिर्ता गरेर नेपालको भौगोलिक अखण्डताको रक्षा गर्ने, नेपालको राष्ट्रिय सार्वभौमिकता र स्वाधिनताको रक्षा गर्दै नेपाललाई स्वभिमानी राष्ट्रको रुपमा उभ्याउने सवालमा नेपालका सबै राजनीतिक पार्टी नागरिक समाज र पेशागत शक्ति मिलेर अघि बढ्नुपर्ने बताउनुभयो । उहाँले लोकतन्त्रको अभ्यास, रक्षा र विकास तथा प्रतिगतमका सारा अभ्यासलाई असफल पार्न पनि राष्ट्रिय एकता आवश्यक रहेको बताउनुभयो । उहाँले विकासका केही आधारभूत विषयमा पनि सबैको सहयोग, सहकार्य र सहमति आवश्यक रहेको बताउनुभयो । बहुमत प्राप्त सरकार र कमजोर प्रतिपक्षीका आ आफ्नै समस्या रहेको भन्दै उहाँले निरंकुश हुने खतराबाट सत्तापक्ष र निरपेक्ष विरोध गर्ने चरित्र बाट प्रतिपक्षी दल माथि उठ्न सक्नुपर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो “एउटा समस्या छ । लोकतन्त्रमा जनताले निर्वाचित गरेर सत्ता निर्माण गर्छ । त्यो सत्ताको जिम्मेवारी लोकतन्त्रको रक्षा र विकास गर्नु हुन्छ तर सत्ताको चरित्र थोरै निरंकुश हुने खतरा पैदा हुन्छ । त्यसैले सत्तामा भएकाहरुले त्यसबाट सजग हुनुपर्छ । त्यसबाट आफुलाई बचाउनुपर्छ भने अर्को तर्फ लोकतन्त्रले प्रतिपक्षीलाई रचनात्मक प्रतिपक्षीको भूमिका पूरा गर्न निर्देशित गर्छ तर त्यसको एउटा खतरा हुन्छ । ऊ विरोधवादमा फस्ने खतरा हुन्छ । निरपेक्ष विरोधमा फस्ने खतरा हुन्छ । जे आए पनि विरोध गर्नेमा फस्ने खतरा हुन्छ । यो दुईवटाबाट बच्नु पर्छ । र हामीले राष्ट्रिय मुद्धामा मिलेर जानुपर्ने हुन्छ । त्यसको निम्ति सचेत हुन अनुरोध गर्दछु । ”

राजनीतिक प्रणालीमा परिर्वतन गरेपनि त्यो प्रणालीले माग गरे अनुसार दृष्टिकोण, मुल्य मान्यता, आचार, संस्कृति व्यवहारमा अभ्यास गर्न नसक्दा राजनीतिक प्रणाली कार्यान्वयमा नगई कमजोर हुने भएकाले त्यस तर्फ गम्भीर बन्न पनि उहाँले सबैलाई अपिल गर्नुभयो ।
उहाँले भन्नुभयो “परिर्वतित राजनीतिक प्रणालीको सफल र प्रभावकारी ढंगले कार्यान्वयन गर्न राजनीतिलाई सफा गर्ने आन्दोल आवश्यकता छ । लोकतान्त्रिक मुल्य मान्यता अनुसार अगाडि बढ्नुपर्ने आवश्यकता छ । समाजवाद उन्मुख भनेर संविधानले हाम्रो राजनीतिक, सामाजिक, आर्थिक प्रणालीको चरित्रलाई निर्देशित गरेको छ । त्यो अनुसार अगाडि बढ्नुपर्दछ । दृष्टिकोणमा,मुल्य मान्यतामा लोकतान्त्रिक हुनुपर्यो र भ्रष्टिकरणको प्रक्रियाबाट हामीलाई बचाउनुपर्यो । ”

सत्ताको पछाडि र सुविधाको पछाडि लाग्ने काम भए परिर्वर्तित राजनीतिक प्रणालीको लक्ष्य प्राप्ती नहुने उल्लेख गर्दै उहाँले बैचारिक स्खलन् र भ्रष्टाचारको प्रवृत्तिबाट मुक्त भई लोकतान्त्रिक मुल्य मान्यता, आचरणबाट युक्त भई अगाडि बढ्न आग्रह गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...