HomeFeatureसरकारले जेष्ठ १ गतेदेखि सातामा दुई दिन सार्वजनिक विदा दिने निर्णय

सरकारले जेष्ठ १ गतेदेखि सातामा दुई दिन सार्वजनिक विदा दिने निर्णय

काठमाडौं, 27 अप्रैल 2022

सरकारले जेष्ठ १ गतेदेखि सातामा दुई दिन सार्वजनिक विदा दिने निर्णय गरेको छ । मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न बुधबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता ज्ञानेन्द्र बहादुर कार्कीले शनिबार र आइतबार सार्वजनिक बिदा दिने निर्णय भएको जानकारी दिनुभयो ।  यस्तै, सरकारले सरकारी कार्यालयको समय पनि निर्धारण गरेको छ । जेठ १ गतेदेखि बिहान ९:३० बजेदेखि साँझ ५:३० बजेसम्म तोकेको छ । हाललाई परीक्षणका रुपमा उक्त व्यवस्था गरिएको प्रवक्ता कार्कीले जानकारी दिनुभयो । उहाले बाहिर चर्चा चलेजस्तो मुलुकको अर्थतन्त्र खराव नभएको दावी पनि गर्नुभयो । मन्त्रीपरिषद्ले खानेपानी क्षेत्रको सुशासन र पूर्वाधार सहयोग आयोजनाका लागि विश्व बैंकबाट प्राप्त हुने ८० मिलियन अमेरिकी डलर सहुलियतपूर्ण ऋणसहायतासम्बन्धी दस्तावेजलाई अन्तिम रुप दिन वार्ता टोली गठन गर्ने निर्णय गरेको छ । त्यस्तै कम आवश्यक, विलासीजन्य र स्वास्थ्यमा नकारात्मक असर पार्ने बिभिन्न दशवटा वस्तुहरुको पैठारीमा पूर्ण बन्देज लगाउने निर्णय पनि भएको उहाले बताउनुभयो । बैठकले सशसस्त्र प्रहरी अतिरिक्त महानिरिक्षक पदमा सशस्त्र प्रहरी नायव महानिरिक्षक राजु अर्याललाई बढुवा गर्ने, सिन्धुपाल्चोकको तातोपानी अन्तर्गत पर्ने ९ रोपनी सरकारी जग्गा भोटेकोशी गाँउपालीकालाई लिजमा उपलव्ध गराउने निर्णय भएको प्रवक्ता कार्कीले बताउनुभयो । त्यस्तै बैठकले श्रममन्त्री कृष्णकुमार श्रेष्ठ नेतृत्वको प्रतिनिधिमण्डललाई मलेसियाको भ्रमण गर्न स्वीकृती दिने , फाप्ला अन्तराष्ट्रिय क्रिकेट मैदान तथा खेलग्राम पूर्वाधारको बिकास समिति आदेश स्वीकृत गर्ने निर्णय पनि गरेको छ ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...