HomeFeatureसरकारले दिएको पदक फिर्ता गर्न न्यायाधिशहरुलाई नेम्वाङको आग्रह

सरकारले दिएको पदक फिर्ता गर्न न्यायाधिशहरुलाई नेम्वाङको आग्रह

काठमाडौं,19 सितम्बर 2021

नेकपा(एमाले)का स्थायी कमिटी सदस्य सुवाश नेम्वाङले सरकारले दिएको पदक फिर्ता गर्न न्यायाधिशहरुलाई आग्रह गर्नुभएको छ । आइतवार सातौँ संविधान दिवस तथा राष्ट्रिय दिवसको अवसरमा नेकपा(एमाले)ले आयोजना गरेको कार्यक्रममा बोल्दै नेता नेम्वाङले केपी शर्मा ओली नेतृत्वको नेकपा(एमाले)को सरकारका विरुद्ध भुमिका खेल्ने तथा सर्वोच्च अदालतमा मुद्दा मामिलाको प्रक्रियामा जाने  कानून व्यवसायी लगायतका व्यक्तिहरु लगायत मुद्दाको फैसला गर्ने संवैधानिक इजलाशमा बसेका व्यक्तिहरुले सरकारबाट पदक पाएको भन्दै यो काम बेठिक भएको बताउनुभयो । उहाँले तुरुन्तै पदक अस्वीकार गरेको घोषणा गर्न गर्नुभयो ।

उहाँले भन्नुभयो – ‘त्यो सरकारलाई विस्थापित गर्ने र परमादेशबाट सरकार स्थापित भएको घोषणा गर्ने अदालतका सम्बन्धित मान्य न्यायाधिशहरु, त्यो सरकारका विरुद्धमा मुद्दा दर्ता गर्नका लागि सम्पूर्ण पहल र प्रयास गर्ने मुद्धावालाहरु, त्यसका पक्षहरु उहाँहरुले मेडल पाउनुभएछ । महत्वपूर्ण मेडल । एकजना साथी दिल्लीमा हुनुहुन्थ्यो दिल्लीबाटै पार्टी फुटाउन भुमिका खेल्नुभयो, उहाँले पाउनुभएछ । दुईजना नेताहरु यही रहेर क्रियाशील हुनुहुन्थ्यो उहाँहरुका परिवारका महत्वपूर्ण सदस्यहरुले मेडल पाउनुभएछ । हाम्रो पार्टीको सरकारको विरुद्धमा मुद्दा लगाउने साथीहरुले मेडल पाउनुभएछ सँगसँगै कानून व्यवसायी मित्रहरुले मेडल पाउनुभएछ । त्यो मुद्दाको फैसला गर्ने संवैधानिक इजलाशमा बस्नुभएका न्यायाधिशज्यूहरुले मेडल पाउनुभएछ । यसमा म यस्तै भएको हो भनेर म आरोप लगाउँदिन । पारी चितुवा करायो वारी सिँगारी हरायो  भनेजस्तै यो जुन कार्य भयो यो संविधान दिवसकै दिनमा सुन्नुपर्दा यो बेठिक भयो भन्ने लाग्यो । म मान्य न्यायाधीशज्यूहरुलाई आदर गर्छु । त्यसैले यो कार्यक्रम मार्फत् तपाईहरु मार्फत् म उहाँहरुलाई आग्रह गर्छु यस्तो सन्देश जान दिनु हुँदैन । यहाँहरुले तुरुन्तै यो दिएको मेडललाई हामी अस्वीकार गर्छौ भनेर अस्वीकार गरेको घोषणा गर्दिनुस् । मेरो मान्य न्यायाधिशज्यूहरुलाई यो आग्रह छ ।’

नेता नेम्वाङले केन्द्र तथा प्रदेश सरकारमा समेत सहभागी भएर संसदमा पनि सबै प्रक्रियामा सहभागी भएका राजनीतिक दलहरुले आजको दिन संविधान दिवस नमनाउने भन्नकुरा नसुहाएको बताउनुभयो । संविधान स्वीकार्य भएको पनि उहाँको भनाई छ ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...