HomeFeatureसरकारले निर्णय फिर्ता लिनुपर्छः किरण शाख

सरकारले निर्णय फिर्ता लिनुपर्छः किरण शाख

काठमाडौं, 22 सितम्बर 2021

रोलिङ मिल एशोसिएशनका उपाध्यक्ष किरण शाखले प्रतिस्थापन विधेयक मार्फत् नेपालमा आउने स्टिल बिलेटमा अन्तःशुल्क बढाइएको भन्दै सरकारले उक्त निर्णय फिर्ता गर्नुपर्ने बताउनुभएको छ । मंगलवार सँचार कर्मीसँगको कुराकानिमा उपाध्यक्ष शाखले प्रतिस्थापन विधेयक मार्फत् नेपालमा आउने स्टिल बिलेटमा बढाइएको अन्तःशुल्कको निर्णय सरकारले फिर्ता गर्नुपर्ने बताउनुभएको हो । उहाँले ६ वटा उद्योगलाई हेरेर सरकारले २४ वटा उद्योगलाई बन्द गराउन लागेको समेत आरोप लगाउनुभयो । निर्णय फिर्ता नगर्नाले देशलाई फाइदा हुनेभए आफूहरु बिस्थापित हुन तयार रहेको बताउँदै उपाध्यक्ष शाखले थोरै कम्पनीहरुलाई पोसाउन सरकारले ल्याएको नियम भएको बताउनुभयो । उहाँले सरकारले बार्ता गरे आफूहरु जुन कुनै बेला पनि जान तयार रहेको बताउनुभयो । उहाँले अहिले भइरहेका उद्योगहरुले सय प्रतिशत नै आपूर्ति गर्न अझै ३÷४ वर्षको समय लाग्ने बताउनुभयो । उपाध्यक्ष शाखले अहिले भइरहेको क्षमताबाट ३० प्रतिशत मात्रै डन्डी र छडको उत्पादन गर्न सक्ने बताउनुभयो । उहाँले अहिले ६ वटा उद्योगको फाइदाका लागि काम गर्यो भने जनतालाई र उपभोक्तालाई फाइदा नपुग्ने उल्लेख गर्नुभयो । उपाध्यक्ष शाखले अहिले खपत भइरहेको जति विद्युत पनि खपत नहुने पनि दाबी गर्नुभयो । उहाँले यो निर्णयले देशको अर्थतन्त्रलाई पनि हल्लाउने स्पष्ट पार्नुभयो । उपाध्यक्ष शाखले कुनै पनि सरकार आउँदा पहिला इण्डस्ट्रीहरुको हक र हीतमा हुनेगरी निर्णय गर्नुपर्ने बताउनुभयो । उहाँले २४ उद्योगको लगानी करिव १०० अर्बको भएको बताउँदै सरकारले यो इण्डस्ट्री डुबे अथाह क्षति हुने बताउनुभयो । उहाँले प्रतिस्थापन विधेयकले यति धेरै लगानी भएको इण्डस्ट्रीलाई डुबाउन लागेको बताउनुभयो । उहाँले पत्रु र स्पञ्ज आइरन पगालेर बनाउनेहरुले हिजोको दिनमा प्रतिकेजी २ रुपैयाँ एड्भान्टेज उठाइरहेको भन्दै प्रतिस्थापन विधेयकबाट आएको कुरामा अन्य ६ उद्योगसँग प्रतिष्पर्धा गर्न नसक्ने बताउनुभयो । उहाँले सरकारले सञ्चालनमा रहेका २४ उद्योगहरुको बिरुद्धमा ल्याइएको प्रतिस्थापन विधेयकको निर्णय फिर्ता नगरे धेरै राजस्वमा नकारात्मक क्षति हुने पनि जिकिर गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...