HomeFeatureसरकारले न्यायपालिकाको स्वतन्त्रतालाई पुर्ण रुपमा सम्मान गर्छः मन्त्री बसन्त कुमार नेम्वाङ्ग

सरकारले न्यायपालिकाको स्वतन्त्रतालाई पुर्ण रुपमा सम्मान गर्छः मन्त्री बसन्त कुमार नेम्वाङ्ग

काठमाण्डौ, 25 जुन 2021

शहरी विकास मन्त्री वसन्त कुमार नेम्वाङ्गले सरकारले न्यायपालिकाको स्वतन्त्रतालाई पुर्ण रुपमा सम्मान गर्ने बताउनुभएको छ । शुक्रबार मन्त्रालयमा पदभार ग्रहण गर्दे उहाँले सरकारले विगतमा पनि कानुन र संविधानको पुर्ण पालना गरेर र अब पनि गर्ने उल्लेख गर्दे संसद विघटनका सम्बन्धमा न्यायपालिकाले गर्ने निर्णयलाई स्वीकार गर्ने बताउनुभएको हो । राजनीतिक अस्थिरता र संसदले नै काम गर्न नसक्ने अवस्था भएपछि अन्तराष्ट्रिय अभ्यास तथा राजनीतिक आवश्यकताको सिद्धान्त अनुसार मुुलुकलाई स्थिरता तर्फ लैजान संसद विघटन गरिएको प्रसंग उल्लेख गर्दे उहाँले सरकार सधै स्वतन्त्र न्यायपालिकाको पक्षमा रहेको स्पष्ट पार्नुभयो ।

उहाँले भन्नुभयो “यो सरकार कानूनी राज्य र कानुनी शासनको, संविधानको सिद्धान्तलाई स्वीकार्छ । कानुनी शासन अन्र्तगत न्यायपालिकाकाले स्वतन्त्रतालाई, उसको अधिकार क्षेत्रलाई पुर्ण रुपले सम्मान गर्न जान्दछ । सक्दछ र सक्नुपर्छ भन्ने मान्यता राख्दछ ।”

पुर्नस्थापित संसदले मुलुकमा देखिएको अस्थिरता र पश्चगमनको बाटाहरुलाई निराकरण गरेर समस्या समाधान गर्न नसकेको र बहुमतको सरकार गठन गर्ने पटक पटकका अवसर खेर फालेकाले दोश्रो पटक संसद विघटन गर्नुपरेको उहाँले स्पष्ट पार्नुभयो । दोश्रो पटक मन्त्रालयको कार्याभार सम्हालेका मन्त्री नेम्वाङ्गले आफुले मुलुक र जनताप्रतिको दायित्व निर्वाह गर्न कुनै कसर बाँकी नराख्ने प्रतिवद्धता जनाउनुभयो । उहाँले अर्को आर्थिक बर्षमा सबै भन्दा बढी भौतिक र वित्तिय प्रगति शहरी विकास मन्त्रालयले गर्यो भन्ने समिक्षा निकाल्न सक्ने गरि कामकारवाही अघि बढाउन मातहतका कर्मचारीलाई निर्देशन दिनुभयो । उहाँले समयमा आयोजना छनौट नहुने, बजेट निकासा नहुने लगायत समस्या देखिने गरेको भन्दै आागामी दिनमा त्यस्ता समस्या आउन नदिन सबैलाई सचेत गराउनुभयो । लामो समय देखि अड्किएर रहेको काठमाण्डौ उपत्यकाका स्मार्ट सिटी बनाउने निर्णयलाई कार्यान्वयन गर्ने तर्फ पनि सक्रिय ढंगले काम गर्न ध्यानाकर्षण गराउनुभयो । मुलुकमा असुरक्षित बसोबास गरिरहेका विपन्न, गरिब बर्गको फुसको छानो हटाएर टिनको छानो लगाउने कार्यक्रममा सन्तोषजनक प्रगती नभएको भन्दै उहाँले मन्त्रालयले अघि सारेको कार्यक्रमलाई प्राथमिकताका साथ अघि बढाउन पनि निर्देशन दिनुभयो ।

उहाँले भन्नुभयो “जति सक्दो छिटो छरितो ढंगले जनतालाई पुराउने सुविधाहरु र बार्षिक नीति र कार्यक्रमका लक्षहरु प्राप्त गर्ने ढंगले लाग्नुभएको छ । सरकार सक्षम ढंगले, सहि ढंगले त्यसको नेतृत्व गर्दछ र यहाँहरुलाई साथ दिन्छ । म आजको दिनमा यही कुराहरु राख्न चाहन्छु । अर्को आर्थिक बर्षमा सबै भन्दा बढी भौतिक र वित्तिय प्रगति शहरी विकास मन्त्रालयले गर्यो भन्ने समिक्षा निकाल्न सक्यौ भने त्यही नै सबै भन्दा ठूलो गौरवको विषय बन्छ । ”

कोभिड महामारीको असरका कारण पनि मन्त्रालयको प्रगती आशाजनक नै रहेको भन्दै उहाँले एकढिक्का भएर काम गर्न सबैलाई आग्रह गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...