HomeFeatureसरकारले भ्रमण वर्ष 2020 लाई नयाँ ढंगले पुर्नसंरचना गर्दैछः मन्त्री भट्टराई

सरकारले भ्रमण वर्ष 2020 लाई नयाँ ढंगले पुर्नसंरचना गर्दैछः मन्त्री भट्टराई

काठमाण्डौँ, 13 मार्च 2020

सरकारले भ्रमण वर्ष २०२० लाई नयाँ ढंगले पुर्नसंरचना गर्ने भएको छ। संस्कृति पर्यटन तथा नागरिक उड्डय मन्त्री योगेश भट्टराईले भ्रमण वर्षको सुरुवाती समयमा नै विश्वभर महाभारीको रुपमा फैलिएको कोरोना भाईरसको संक्रमणका कारण मुलुक भित्र र बाहिरका सम्पुर्ण कार्यक्रमहरु स्थगित गरिएको उल्लेख गर्दे उहाँले भ्रमण बर्षलाई सरकारले नयाँ ढंगले पुर्नसंरचना स्पष्ट पार्नुभएको हो। संघीय संसद, प्रतिनिधिसभा अन्र्तगतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको शुक्रबार सिंहदरबारमा बसेको बैठकमा मन्त्री भट्टराईले सन् २०२० देखि २०३० सम्मको अवधारणाबाट अगाडि बढेर पर्यटन विकास र प्रवद्र्धनका लागि बिशेष योजना बनाई भ्रमण बर्षको कार्यक्रम पुर्नसंरचना गरिएको बताउनुभएको हो।

मन्त्री भट्टराईले तारागाउँ विकास समितिका सम्बन्धमा समितिले दिएको प्रतिवेदनका आधारमा मन्त्रालयले सक्रियता बढाएको स्पष्ट पार्नुभयो। उहाँले भुकम्पले क्षति पुर्याएका तारागाउँ विकास समिति अन्र्तगत पोखरा, ककनी, नगरकोट लगायत स्थानमा रहेका रिसोर्टका भवनहरु आन्तरिक स्रोत र मन्त्रालयको केही अनुदानमा पुननिर्माण भई संञ्चालनमा आएको जानकारी दिनुभयो। समितिमा नेपाल सरकारको लगानीको अनुपात ३९ प्रतिशतबाट घटेर २२ दशलब ६७ प्रतिशत शेयर  भएको भन्ने प्रतिवेदनमा उल्लेख भएपनि सो बराबरको शेयर सरकारको नाममा नरहेकाले सो संख्याको शेयर सरकारको हुनुपर्नेमा अडान राख्ने काम भएको उहाँले स्पष्ट पार्नुभयो। समितिको यथार्थ सम्पत्तिको अडिट गर्ने भन्ने सम्बन्धमा पनि मन्त्रालयले तदारुकता देखाएको बताउनुभयो।

उहाँले नेपाल वायुसेवा निगमका सम्बन्धमा समितिले दिएको निर्देशन र विभिन्न समयका कार्यदलले दिएको प्रतिवेदनका आधारमा सुधारको प्रक्रिया अघि बढाउनका लागि केही प्राविधिक काम अघि बढेको स्पष्ट पार्नुभयो। विशेष गरेर निगमलाई सार्वजनिक कम्पनीको रुपमा रुपान्तरण गर्ने गरि काम भईरहेको उहाँले जानकारी दिनुभयो।

उहाँले नीजगढ अन्तराष्ट्रिय विमानस्थल निर्माण कार्यलाई अघि बढाउने प्रक्रिया सुरु भईसकेको र काठगाउँ, टाँगीया बस्तीका बासिन्दालाई आवश्यक मुआब्जा दिने काम अन्तिम चरणमा पुगेको स्पष्ट पार्नुभयो। ती बस्तीका झण्डै ८५ प्रतिशतले मुआब्जा लिईसकेको र बाँकीको मुआब्जा वितरण पनि छिटै हुने बताउनुभयो। उहाँले टाँगीया वस्तीलाई अन्यत्र सार्ने सम्बन्धमा सरोकारित मन्त्रालय र निकाय तथा स्थानीय सरकारसंग पनि समन्वय गर्दे केही स्थानहरुको पहिचान गर्ने काम भएको ,वातावरण मन्त्रालयले रुख संख्या किटान गर्ने काम गरिरहेको र त्यसका लागि आवश्यक बजेट पठाईसकेकाले सो काम पनि केही समय भित्रै सम्पन्न हुने बताउनुभयो। उहाँले सार्वजनिक निजी साझेदारीको अवधारण अनुसाअर विमानस्थल भित्रका पहुँच मार्गको पुर्वाधार निर्माण लगायतका काम नागरिक उड्डयन प्राधिकरणको माध्यमबाट गर्ने गरि प्रक्रिया अगाडि बढाईएको जानकारी दिनुभयो।

उहाँले विमान खरिदसंग सम्बन्धी निर्देशनका सम्बन्धमा मन्त्रालयबाट आन्तरिक रुपमा सुचना लिने काम भएको र त्यस सम्बन्धमा भएका प्रगतीलाई यथाशिघ्र जानकारी गराउने बताउनुभयो।

उहाँले सरकारले र्कितिपुर नगरपालिकाको चम्पादेवीमा सांस्कृति संग्रालय बनाउने निर्णय अनुसार मन्त्रालयले कार्यदल बनाएर प्रक्रिया अघि बढाएको, कार्यदलको सुझावका आधारमा वायुसेवा सञ्चालक संग छलफल र परामर्श पछि स्वदेशी तथा विदेशी हवाई यात्रुहरुको भाडा दर निर्धारण गर्ने तयारी भईरहेको, भुकम्पबाट क्षतिग्रस्त ९ सय २० वटा सम्पदाहरु मध्ये ४ सयको पुननिर्माण सम्पन्न भएको र बाँकी सम्पदा २ बर्ष भित्र पुर्ननिर्माण सम्पन्न गरिने स्पष्ट पार्नुभयो।

समितिको विभिन्न समयमा समितिबाट भएका निर्देशन तथा सुझावहरुको कार्यान्वयनको प्रगती बारे मन्त्री भट्टराईसंग छलफल गरेको हो।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...