HomeFeatureसरकारले स्वास्थ्यसंस्थाहरुको गुणस्तर बढाउनुपर्छ: तारादेवी भट्ट

सरकारले स्वास्थ्यसंस्थाहरुको गुणस्तर बढाउनुपर्छ: तारादेवी भट्ट

काठमाडौं, 6 अगस्त, 2021

राष्ट्रिय सभा सदस्य तारादेवी भट्टले सरकारले स्वास्थ्यसंस्थाहरुको गुणस्तर बढाउनुपर्ने बताउनुभएको छ । शुक्रवारको राष्ट्रिय सभा बैठकमा बोल्दै राष्ट्रिय सभा सदस्य भट्टले सरकारले कोभिड–१९ को नियन्त्रणका लागि आफ्नो सम्पूर्ण संरचनाहरुको प्रयोग गर्नुपर्ने बताउनुभयो । उहाँले स्वास्थ्य संरचना कमजोर रहेको उल्लेख गर्दै ति संरचनाको सुदृढीकरण र क्षमता अभिवृद्धि गर्न सरकारी स्वास्थ्य संस्थाहरुको गुणस्तर बढाउनुपर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो – ‘स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग अहिले दुईवटा ठुला चुनौती छन् । एक, कोभिडको नियन्त्रणमा आफ्नो सम्पूर्ण संरचनाहरुको भरमग्दुर पूर्ण रुपले प्रयोग र परिचालन गर्ने । दोस्रो, आफ्ना तिनै कमजोर संरचनाहरुलाई सुदृढीकरण गर्ने र क्षमता अभिवृद्धि गर्ने र सरकारी स्वास्थ्यसंस्थाहरुको गुणस्तर बढाई जनताको विश्वसनीयता बढाउने । जसले गर्दा नेपालीहरुको आउट अफ पकेट खर्च घटोस् । यसो हुन सके स्वास्थ्य सहि बाटोमा हिडेको मान्न सकिन्छ । अहिले कुल बजेटको सात प्रतिशतभन्दा माथि बजेट छ तर यसको कार्यान्वयनमा ठुलो चुनौती छ ।’

उहाँले नेपाली जनताले विकासको व्यग्र चाहाना राखेको उल्लेख गर्दै सरकारलाई विकासको काम गर्न ध्यानाकर्षण गराउनुभयो । सरकारले सुशासनको प्रवर्दन गर्न आवश्यक रहेको उहाँले बताउनुभयो । चुनावका बेलामा गरेका प्रतिवद्धता र पन्ध्रौँ पञ्चवर्षीय योजना हेरेर काम गर्न पनि उहाँले सरकारलाई सुझाव दिनुभयो ।

उहाँले भन्नुभयो – ‘अहिले नेपाली जनतामा विकासको व्यग्र चाहाना छ । हामीसँग स्रोत साधनको कमी छ । र भएको स्रोत साधनलाई पारदर्शी ढंगले कार्यान्वयन गर्न सकिए विश्वास सिर्जना हुन्छ । यसको लागि सुशासनको प्रवद्र्धन गर्नु नितान्त आवश्यक देखिन्छ । र सुशासनको प्रवद्र्धन बिना हामी दिगो विकासको परिकल्पना गर्न सक्दैनौँ । हामीले चुनावमा हाम्रा घोषणा पत्र बनाएको एक पटक हेरौँ । हाम्रो पन्ध्रौ पञ्च वर्षिय योजनाको कसरी कार्यान्वयन हुने हो, त्यसमा के के सुधारको आवश्यकता छ, त्यतातिर ध्यान जानु जरुरी छ ।’

राष्ट्रिय सभा सदस्य भट्टले राष्ट्रिय गौरवका आयोजनामा काम गर्ने श्रमिकहरुलाई कोभिड १९ विरुद्धको खोपको व्यवस्था गर्न पनि सरकार समक्ष माग गर्नुभयो । बालकालिकाले इन्टरनेटको अधिकतम प्रयोग गर्दा उनीहरुलाई मनोवैज्ञानिक असर परेको भन्दै उहाँले पब्जि, फ्रिफायर लगायतका एप्लिकेशनहरु बन्द गर्न सरकारलाई अनुरोध पनि गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...