HomeFeatureसरकार र यातायात मजदुरबीचको पाँच बुँदे सम्झौता

सरकार र यातायात मजदुरबीचको पाँच बुँदे सम्झौता

काठमाडौं, 14 फरवरी 2023

सरकार र आन्दोलनमा उत्रिएका यातायात मजदुरबीच पाँच बुँदे सम्झौता भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा मंगलबार भएको वार्तापछि सरकार र यातायात मजदुर संगठनहरुले पाँचबुँदे सम्झौता गरेका छन् । सरकार र मजदुर संगठनहरुबीच काठमाडौं उपत्यकाबाट बाहिर सञ्चालन हुने सवारी साधनका सम्बन्धमा उठेका विषयमा माघ २९ मा गठित यातायात सुधार कार्यदलको प्रतिवेदन प्राप्त नहुन्जेलसम्म यातायात सुरु सञ्चालनको व्यवस्थापनका लागि सम्बद्ध निकायलाई अनुरोध गर्ने सहमति भएको छ । त्यस्तै, हिजो गोंगबु नयाँ बसपार्कमा मजदुरले गरेको कार्यक्रममा भएको घटना दुःखद रहेको भन्दै लुटपाट तथा आक्रमणमा संलग्न दोषीलाई कारबाही गर्ने र आन्दोलनका क्रममा पक्राउ परेका निर्दोष व्यक्तिलाई तत्काल रिहाइ गर्ने सहमति भएको छ ।

वार्तामा सहभागी यातायात व्यवसायीहरुकाअनुसार यसअघि बनेको कार्यदलले यातायातसँग सरोकार राख्ने सबै सम्बद्ध पक्षसँग छलफल गरी सुझाव लिने, र माघ २९ मा गठित यातायात सुधार कार्यदलमा सरोकारवाला सम्बद्ध महासंघ,संघ र संगठनका प्रतिनिधिहरूलाई आवश्यकताअनुसार आमन्त्रण गर्ने र निष्कर्षपछि मात्रै अघि बढ्ने सहमति भएको छ ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...