नयाँ दिल्ली, 19 मार्च 2020
सर्वोच्च अदालतका पूर्व मुख्य न्यायाधीश रंजन गोगोईले आज राज्यसभाको मनोनीत सदस्यको रूपमा शपथ ग्रहण गर्नुभएको छ। राज्यसभाका सभापति एम. वेंकैया नायडुले उहाँलाई पद तथा गोपनियताको शपथ खुवाउनुभएको हो। यस अवसरमा विभिन्न राजनीतिक दलका नेताहरू नारावाजी गर्दै सदनबाट बाहिरिएका थिए। सभापति नायडुले विपक्षहरूको विरोधलाई अनुचित बताउनुभयो।
विधि तथा न्याय मन्त्री रविशंकर प्रसादले सदनमा पूर्व न्यायाधीशहरूलाई सदस्य बनाउने परम्परा भएको बताउनुभयो। पूर्व न्यायाधीशहरूलाई सदस्य बनाइए उहाँहरूले सदनमा आफ्नो श्रेष्ठ योगदान दिन सक्ने मन्त्री प्रसादले बताउनुभयो।









































