दिल्ली, 3 दिसम्बर 2023
बलिउड अभिनेता सलमान खानलाई भेट्न एक फ्यानले साइकलमा एक हजार एक सय किलोमिटर यात्रा गरेका छन् । जवलपुरबाट समीर नाम गरेका ती फ्यान साइकलमै मुम्बई पुगेका हुन् ।
भारतीय संचार माध्यमका अनुसार समीर आफूलाई बाल्यकालदेखि नै सलमान खानका ठूला फ्यान भएको बताउँछन् । समीर जाडो मौसममा जवलपुरबाट २२ डिसेम्बरमा साइकल चढेर २९ डिसेम्बरमा मुम्बई पुगे ।
सलमान खानले हालै आफ्नो ५७ औँ जन्मदिन मनाउनुभयो । यस अवसरमा खानलाई भेट्न उहाँको घरबाहिर हजारौँ फ्यानको भीड थियो । सलमानले समीरसँग भेट गरेर तस्बिरसमेत खिचाएका छन् ।









































