HomeFeatureसवारी चालक अनुमति पत्र परीक्षा सञ्चालन कार्यविधि निर्देशिका २०७७ गलत  छ:  राजेन्द्रप्रसाद...

सवारी चालक अनुमति पत्र परीक्षा सञ्चालन कार्यविधि निर्देशिका २०७७ गलत  छ:  राजेन्द्रप्रसाद पाण्डे

काठमाडौं, 15 फरवरी 2023

प्रतिनिधि सभा सदस्य राजेन्द्रप्रसाद पाण्डेले यातायात व्यवस्था विभागले जारी गरेको सवारी चालक अनुमति पत्र परीक्षा सञ्चालन कार्यविधि निर्देशिका २०७७ गलत भएको बताएका छन्। बुधबार बसेको प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै सांसद पाण्डेले विभागले जारी गरेको सो निर्देशिका अनुसार नेपालमा दुई खालका लाइसेन्स प्रयोगमा आउने भन्दै त्यसको बिरोध गरेका हुन्। यस निर्देशिका अनुसार मोटरसाइकल, स्कुटर, मोपेड, कार, जिप, डेलिभरी भ्यानका लागि ७० नम्बर ल्याउँदा चालक हुन पाउने र ट्रक, बस, ट्याङ्कर, स्काभेटर, डोजर आदिलाई १०० नम्बर ल्याउनुपर्ने प्रावधान हुँदा दुई खालको लाइसेन्स हुने उनको भनाई छ। त्यसो हुनु गलत भएको सांसद पाण्डेले जिकिर गरे। ‘यो कुराले सरकार गलत बाटोमा छ र यदि लाइसेन्स दिनै मन भए यो खालको मापदण्ड परिवर्तन गर्नुपर्छ। ७० नम्बरकालाई नै लाइसेन्स दिन मन भए पनि रातो बत्ति बाल्दाबाल्दै गाडी क्रस गर्न पाउने व्यवस्था हुनुहुँदैन’, उनले भने, ‘यदि यस्तै हुने हो भने गाउँमा नागरिकता टोली आउँदाखेरी टेबल राखेर नागरिकता बाँडेको झैँगरी बाँडिदिए भइगयो नि त।’

उनले अगाडि भने, ‘एसइई पास गरेको विद्यार्थीलाई एउटा लाइसेन्स पनि लिएर जाउँ सँगसँगै यो सर्टिफिकेट सँगसँगै लिएर जाउँ भने भइगयो नि  किन यो ट्रायल गर्नुपर्‍यो? किन यो परीक्षा गर्नुपर्‍यो?’

उनले यस्तो प्रावधान हुनुले ४० प्रतिशत राजश्व घटाउने, कर्मचारीको तजबिजी अधिकार बढ्ने, परिक्षाका लागि कर्मचारी र लागत बढ्ने हुँदा खर्च बढ्दै जाने बताए।

‘यो कुराले धेरै कुरामा असर पार्नसक्छ । यसले ४० प्रतिशत राजश्व घटाउँछ । कर्मचारीको तजबिजी अधिकार बढ्छ । परिक्षा गर्दा कर्मचारी र लागत दुवै बढाउँछ । ट्रायल सेन्टर थप्नुपर्ने हुन्छ । राज्यको अरु खर्च बढ्दै जान्छ,’ पाण्डेले भने, ‘यो कार्यले झन् धेरै दुर्घटना बढाउँछ र नेपालको लाइसेन्स अन्तर्राष्ट्रिय क्षेत्रमा अमान्य हुनसक्छ ।’

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...