नयाँ दिल्ली, 5 फरवरी 2020
केन्द्रीय मन्त्रीमण्डलले सहकारी बैँकहरूलाई भारतीय रिजर्भ बैंकको नियामक नियन्त्रण मातहत ल्याउने निर्णय गरेको छ। मन्त्रीमण्डल बैठकमा भएका निर्णयहरूबारे जानकारी दिँदै सूचना तथा प्रसारण मन्त्री प्रकाश जावडेकरले आज नयाँ दिल्लीमा यस निर्णयबाट सहकारी बैंकहरूको कामकाजमा थप जबाफदेहिता र पारदर्शिता आउने बताउनुभयो। उहाँले सहकारी बैंकहरूले अब सामान्य वाणिज्य बैंकहरू सरहनै नियामक आवश्यकताहरू पूरा गर्नु पर्ने पनि बताउनुभयो।
मन्त्रीमण्डलले सूचना प्रविधिसँग सम्बन्धित संस्थानहरूको संशोधन विधेयकलाई पनि सूचना तथा प्रसारण मन्त्री जावडेकरले मञ्जुरी प्रदान गरेको बताउनुभयो।









































