HomeFeatureसहिद स्मारक ए डिभिजन लिग अन्तर्गत त्रिभुवन आर्मी फुटबल क्लब र सातदोबाटो...

सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत त्रिभुवन आर्मी फुटबल क्लब र सातदोबाटो युथ क्लबले बराबरी खेल्दै अंक बाडेको छ

काठमाडौं, 17 दिसम्बर 2021

सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत त्रिभुवन आर्मी फुटबल क्लब र सातदोबाटो युथ क्लबले बराबरी खेल्दै अंक बाडेका छन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शुक्रबार दुबै टोलीले १–१ को बराबरी खेलेका हुन् । खेलमा भने आर्मीले सुरुआती अग्रता लिएको थियो ।  आर्मीले खेलको १० औं मिनेटमा अग्रता बनाएको थियो । दिनेश हेन्जनले पेनाल्टी बक्सबाट गोल गर्दै आर्मीलाई १–० को अग्रता दिलाए । सातदोबाटोका मार्टिन्स अजायीले १६ औं मिनेटमा गोल गर्दै खेललाई बराबरीमा ल्याए । बराबरीसँगै ५ खेलबाट ९ अंक जोड्दै आर्मी तेस्रो स्थानमा यथावत रहेको छ । यता बराबरीपछि सातदोबाटो ८ अंकसहित चौथो स्थानमा उक्लिएको छ ।  समान चार खेल खेलेको मछिन्द्र फुटबल क्लब र मनाङ मस्र्याङदी क्लब १०–१० अंकसहित पहिलो र दोस्रो स्थानमा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...