HomeFeatureसहि तथ्याङ्क सङ्कलनमा सांसदहरुको जोड

सहि तथ्याङ्क सङ्कलनमा सांसदहरुको जोड

काठमाण्डौ, 31 मार्च 2021

राष्ट्रिय जनगणना २०७८ मा सहि तथ्याङ्क आउनका लागि प्रभावकारी रुपमा तथ्याङ्क सङ्कलनको काम हुनुपर्नेमा सांसदहरुले जोड दिएका छन। बुधबार राष्ट्रिय सभाको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा राष्ट्रिय जनगणना २०७८ को तयारी र भावि कार्ययोजनाको सम्बन्धमा छलफल गर्दै सांसदहरुले विभिन्न कारणले तथ्याङ्क सहि आउन नसक्ने भन्दै सहि तथ्याङ्कका लागि प्रभावकारी रुपमा तथ्याङ्क सङ्कलनको कामलाई अगाडी बढाउनुपर्नेमा जोड दिएका हुन। सांसद कोमल वलीले पछिल्लो समय हिन्दु धर्मप्रति बायसनेस देखिने गरेको भन्दै नेपालमा धर्मको अवस्था कस्तो रहेको छ यर्थाथ रुपमा जनगणनाबाट आउनुपर्ने बताउनुभयो। क्रिश्चियन धर्मावलम्बीको संख्या बढेको अथवा घटेको सम्बन्धमा वास्तविक तथ्याङ्क आउनुपर्ने पनि बताउनुभयो।

सांसद विमला पौडेलले जनगणनाको कामका लागि राष्ट्रिय योजना आयोगको मात्रै नभई सबैको भूमिका महत्वपूर्ण हुने बताउनुभयो । जनगणनालाई सफल बनाउनको लागि सांसदहरुको पनि भूमिका हुनुपर्ने र सांसदहरुलाई पनि परिचालन गर्नुपर्ने बताउनुभयो ।

सांसद खिमलाल भट्टराईले नेपालमा क्रिश्चियन धर्मको अवस्था के कस्तो रहेको छ सहि तथ्याङ्क आउनुपर्ने बताउनुभयो । सेवा क्षेत्रको विकास कसरी भइरहेको छ, कृषिको अवस्था कस्तो छ र नेपालमा गरिबीको अवस्था कस्तो छ यि सबै विषय जनगणनामा समेटिनुपर्ने पनि उहाँले बताउनुभयो । त्यसैगरी बोक्सी प्रथा, दाइजोप्रथा, बालविवाह, छाउपडी प्रथा लगायतका विभिन्न सामाजिक कुप्रथाहरुको पहिचान गरिनुपर्ने पनि बताउनुभयो । सामाजिक कुप्रथाको पहिचान गर्न सके सामाजिक रुपान्तरणमा सहयोग पुर्याउने उहाँले बताउनुभयो ।

सांसदहरुले जनगणनामा सहि तथ्याङ्क आउनका निम्ति गणकहरुको भूमिका र सक्रियता प्रमुख हुने भएकाले गणकहरुलाई सहि ढङ्गले सूचना सङ्कलनमा खटाउनुपर्ने मत राखेका छन् । तथ्याङ्क संकलन गर्दा गोपनियता कायम गर्नुपर्ने विषयमा पनि सांसदहरुको जोड छ ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...