HomeFeatureसांसदहरुद्वारा कोरोना नियन्त्रणमा भएको कामको अनुगमन गर्न संसदीय समिति गठन गर्न माग

सांसदहरुद्वारा कोरोना नियन्त्रणमा भएको कामको अनुगमन गर्न संसदीय समिति गठन गर्न माग

काठमाण्डौं, 11 सेप्टेम्बर

काठमाडौं उपत्यकाका सांसदहरुले सभामुख अग्निप्रसाद सापकोटालाई भेटेर कोरोना नियन्त्रणका लागि भए गरेका कामको अनुगमन गर्न संसदीय समिति गठनको माग गरेका छन ।

विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोनाका उपत्यका लगायत देशभरीको जनजीवन प्रभावित बनेको भन्दै सांसदहरुले सभामुखलाई भेटेर छुट्टै संसदीय समिति गठनको माग गरेका हुन । अहिलेको अवस्थामा संसदमा रहेका समितिहरुको छुट्टा छुट्टै बैठक बसेर आवश्यक निर्णयहरु भएपनि प्रभावकारी नदेखिएकाले छुट्टै समिति गठनका लागि माग गरिएको सांसद भीमसेनदास प्रधानले बताउनुभयो । संसदमा १६ समिति भएपनि भूमिका प्रभावकारी नभएकाले सभामुखको नेतृत्वमा सरकारलाई राय सुझाव दिने र अनुगमन गर्ने सबैको प्रतिनिधित्व हुनेगरी संसदीय समिति बनाउनुपर्ने माग गरिएको उहाँले बताउनुभयो ।

सांसद राजेन्द्र श्रेष्ठले कोरोना महामारी संकटको सामना गर्न सर्वपक्षीय संयन्त्रको आवश्यता भएपनि सरकारले त्यतातिर ध्यान नदिएकाले संसदीय समितिको आवश्यकता देखिएको बताउनुभयो ।

भेटपछि सभामुख सापकोटाले सकारात्मक प्रतिकृया दिएको सांसद प्रधानले बताउनुभयो । ऐन, नियममा टेकेर सबै दलहरुको सहमतिमा संसदीय समिति निर्माण गर्ने प्रकृया अगाडी बढाउने प्रतिवद्धता सभामुख सापकोटाले गर्नुभएको उहाँले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...