HomeFeatureसांसदहरुद्वारा मूल्यवृद्धि र इन्टरनेटको विस्तार लगायतबारे सरकारको ध्यानाकर्षण

सांसदहरुद्वारा मूल्यवृद्धि र इन्टरनेटको विस्तार लगायतबारे सरकारको ध्यानाकर्षण

काठमाण्डौ, 7 जुलाई 2021

राष्ट्रियसभाको बुधबारको बैठकको शुन्य समयमा बोल्दै सदस्यहरु समसायिक र क्षेत्रगत समस्याबारे सरकारको ध्यानाकर्षण गराएका छन् ।
राष्ट्रियसभा सदस्य अनिता देवकोटाले अर्थमन्त्रीको बजेट बक्तव्य पुस्तिकाको २ सय ५३ नम्बर बुँदामा दाङको लमही क्रिकेट मैदानका लागि बजेट बिनियोजन गरेको छु भने पनि खेलकुद मन्त्रालयले विनियोजन छैन भनेको भन्दै अर्थमन्त्रीको ध्यानाकर्षण गराउनुभयो । साथै उहाँले दाङको निर्माणाधिन ४ लेनको सडक समयमा सम्पन्न नहुँदा स्थानीयले दुख पाएको भन्दै त्यस तर्फ सम्बन्धीत मन्त्रालयको ध्यानाकर्षण गराउनुभयो । उहाँले पहिलो डोज कोभिडशिल्ड लगाएका ज्येष्ठ नागरिकले दोश्रो डोज खोप लगाउन जीवनभर पर्खनुपर्ने हो भनी प्रश्न गर्नुभयो ।
राष्ट्रियसभा सदस्य इन्दु कडरियाले नेपाली कोभिड १९ को महामारीका कारण जनस्वास्थ्य पछि शिक्षा क्षेत्र नराम्रोसंग प्रभावित भएको बताउनुभयो । उहाँले शहरका बालबालिका इन्टरनेटको पहुँचमा भएपनि ग्रामिण क्षेत्रका बालबालिकाले इन्टरनेट नभएकाले शिक्षाबाट बञ्चित भएको भन्दै तीनै तहको सरकारको समन्वयमा ग्रामिण क्षेत्रमा पनि इन्टरनेटको पहुँच विस्तार गर्न सबै तहका सरकारको ध्यानाकर्षण गराउनुभयो ।

राष्ट्रियसभा सदस्य उदय शर्मा पौडेलले नेपाली जनता दिनप्रतिदिन मुल्यवृद्धिको मारमा परेको भन्दै त्यसतर्फ सरकारको ध्यानाकर्षण गराउनुभयो । उहाँले कोडिभ १९ को महामारीका कारण देखा परेका समस्याका कारण महिलाहरु झनै पिडीत भएको भन्दै त्यसतर्फ सरकारको ध्यानाकर्षण गराउनुभयो ।

राष्ट्रियसभा सदस्य खिमकुमार विकले मुलुक भ्रष्टाचारले डुंगडुंगी गन्हाएको आरोप लगाउनुभयो । उहाँले असारे विकासको नाममा जथाभावी बजेट छर्ने काम भएको भन्दै त्यसतर्फ ध्यानाकर्षण गराउनुभयो ।

राष्ट्रियसभा सदस्य जगप्रसाद शर्माले अपाङ्गहरुलाई खोपको प्राथमिकतामा राख्न सरकारलाई अनुरोध गर्नुभयो । त्यसैगरी छोटो समयमा पटक पटक इन्धनको मुल्य बढेको र त्यसले जनताको ढाड सेक्ने काम गरेको भन्दै त्यस तर्फ सरकारको ध्यानाकर्षण गराउनुभयो । राष्ट्रियसभा सदस्य कोमल ओलीले भने छिमेकी मित्रराष्ट चिनले विश्वमा आफ्नो आवश्यकता महसुस गराउन सफल भएको भन्दै चिनको कम्युनिष्ट पार्टी स्थापनाको सतबार्षिकीको अवसरमा चिनका राष्ट्रपतिका साथै सरकार र चीनीयाँ जनतालाई चिनिया भाषामा नै शुभकामना र बधाई दिनुभयो ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...