HomeFeatureसांसदहरुद्वारा समसामयिक विषयमा सरकारको ध्यानाकर्षण

सांसदहरुद्वारा समसामयिक विषयमा सरकारको ध्यानाकर्षण

काठमाण्डौँ, 12 फरवरी 2020

प्रतिनिधिसभा बैठकको शून्य समयमा सांसदहरुले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका छन्। चीनबाट संक्रमण सुरु भएका कारोना भाइरसका कारण नेपालको पर्यटन क्षेत्रमा पर्ने प्रभाव, ललिता निवास प्रकरणमा अख्तियारको निर्णय र छुवाछुत लगायतका विषयहरु बैठकमा उठेका छन्।

सांसद विद्या भट्टाराईले विश्वमा कारोनाको जोखिम बढेको सन्दर्भमा विमानस्थलमा राखिएको स्क्यानिङ मेसिनबाट हुने चेकजाँचलाई प्रभावकारी बनाउनुपर्ने बताउनुभयो । भ्रमण वर्ष 2020-लाई सफल पार्न र विश्वभरी नै नेपालमा कोरोनाको जोखिम छैन् भन्ने सन्देश दिन विमानस्थलमा हुने चेकजाँचलाई कडाई गर्नुपर्ने उहाँले बताउनुभयो। चीनको वुहानमा रहेका विद्यार्थीहरुलाई स्वदेश फर्काउने सरकारले तयारी गरिरहेको र सबैले यो विषयमा सबैले सरकारलाई आग्रह गर्नुभयो।

सांसद विना कुमारी श्रेष्ठले नेपालको श्रम बजार औपचारिकभन्दा अनौपचारिक रुपमा वृद्धि भएको तर्फ सरकारको ध्यानाकर्षण गराउनुभएको छ। श्रम ऐन जारी भएको लामो समय भएपनि संगठित नरहेका श्रमिकहरुले राम्रो सेवा सुविधा पाउन नसकेको उहाँले बताउनुभयो। असंगठित क्षेत्रमा रहेको घरेलु श्रम नराम्रो सँग अगाडी बढीरहेको उल्लेख गर्दै उहाँले घरेलु श्रमलाई स्थानीय सरकार अन्तर्गत दर्ता गरी व्यवस्थित गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो।

सांसद विनादेवि बुढाथोकीले सरकारले जनताको आधारभूत स्वास्थ्य अधिकार सुरक्षित गरेको भएपनि अझै देशका धेरे अस्पतालमा निःशुल्क भनेर तोकिएका औषधिहरु उपलब्ध हुन नसकेको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभयो।

सांसद विन्दा पाण्डेले ललिता निवास प्रकरणमा मुद्दा विशेष अदालतमा गएको र अदालतबाट दोषि कोही नछुट्ने र निर्दोष कोही नफस्ने गरी निर्णय हुनेमा आफु ढुक्क रहेको बताउनुभयो। उहाँले यति होल्डिङ्सको बारेमा सरकारले गरेका निर्णयहरुको आलोचना भइरहेका बेला सरकारले स्वेतपत्र जारी गरी जानकारी गराउनुपर्ने माग गर्नुभयो।

सांसद विमला विश्वकर्माले काभ्रेका अजित मिजारको परिवारले 4 वर्ष सम्म पनि न्याय पाउन नसकेको बताउनुभयो। लास 4 वर्षदेखि टिचिङमा रहेको उल्लेख गर्दै उहाँले यो कुनै द्वन्दकालिन मुद्धा नभएर अन्तरजातिय विवाह गरेका कारण हत्या भएको र घटनाको विषयमा चित्तबुझ्दो अनुसन्धान गर्नुको साटो उल्टै 10 लाख दिन खोजिएको बताउनुभयो।

सांसद विशाल भट्टराईले सर्वाधिक चासोको विषयका रुपमा रहेको ललिता निवास प्रकरणका दोषिहरुलाई कारवाहीको माग गर्नुभयो। उहाँले देशभरीको सरकारी जग्गाका विषयमा छानबिन गर्न उच्चस्तरिय समिति बनाएर काम अगाडी बढाउन आग्रह गर्नुभयो।

सांसद विष्णु शर्माले छाउगोठ भत्काउने अभियान सरकारले सुरु गर्नु सराहनिय भएपनि गोठ भत्काउँदैमा कुरीति नहट्ने भएकाले जनचेतनामुलक अभियान सुरु गर्न आग्रह गर्नुभयो।

सांसद शशी श्रेष्ठले महिला माथि भएका कुसंस्कृति र कुसंस्कार विरुद्ध केही काम भएपछि राष्ट्रिय महिला आयोग जस्ता संवैधानिक आयोग गठन भएको साढे ४ वर्ष वित्दा पनि पदाधिकारी विहिन हुनु राम्रो नभएको बताउनुभयो। राष्ट्रिय महिला आयोग, राष्ट्रिय दलित आयोग लगायत अन्य धेरे संवैधानिक निकायहरुले अझै पूर्णय पाउन नसकेको प्रति सरकारको ध्यानाकर्षण गराउँदै श्रेष्ठले सबै आयोगहरुमा पदाधिकारी नियुक्ति गरी सरकारी कामकारवाही प्रभावकारी बनाउन माग गर्नुभयो।

सांसद शान्ता चौधरीले सिंहदरबार प्रवेश गर्न लामो समय कुरेर पास पाइने गरेको बताउँदै निश्चित समय छुट्याएर राष्ट्रिय परिचयपत्रको आधारमा प्रवेशको व्यवस्था गर्नुपर्ने बताउनुभयो। आफ्नो राष्ट्रिय परिचय पत्र देखाएर दिनको 2 घण्टा भएपनि भित्र प्रवेश गर्ने व्यवस्था गरी जनतालाई सिंहदरबार हाम्रो पनि हो भन्ने आभास दिलाउनुपर्ने बताउनुभयो।

सांसद शेर बहादुर तामाङले सिन्धुपाल्चोकको जुगलमा कोरोना फैलियो भन्ने भ्रम सिर्जना फैलाइएको बताउनुभयो। त्यहाँ फैलिएको प्रकोपका विषयमा सत्यतथ्य बाहिर ल्याउन उहाँले सरकारको ध्यानाकर्षण गराउनुभयो। सिन्धुपाल्चोक लगायत नेपाल नै कारोना मुक्त भएको उल्लेख गर्दै तामाङले भ्रमपूर्ण समाचार लेख्ने कुरामा सजगता अपनाउन आग्रह गर्नुभो।

सांसद सरला कुमारी यादवले उपत्यकाको सवारी जामले उपत्यकावासीको दैनिकी नै प्रभावित गरेको बताउनुभयो।

सांसद हिरा गुरुङले ‘सार्वजनिक रुपमा 5 हजार मान्छे मैले मारेको छु’ भन्ने व्यक्तिलाई अहिलेसम्म किन कारवाही नभएको भन्दै प्रश्न गर्नुभयो। ठूलालाई चैन र सानालाई ऐन भन्ने कुन कानूनमा छ भन्दै उहाँले सरकारलाई प्रश्न गर्नुभयो। माघ 1 गते नेकपा अध्यक्ष दाहालले टुंडिखेलमा भएको एक कार्यक्रममा जनयुद्धका क्रममा ज्यान गुमाएका 5 हजारको जिम्मा आफुले लिने तर बाँकी 12 हजारको जिम्मा सरकारले लिनुपर्ने बताउनुभएको थियो।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...