HomeFeatureसांसदहरुले नेपालमा विवाह गर्न पाउने उमेरको प्रावधानको बिचार गर्नुपर्ने बेला आएको बताए

सांसदहरुले नेपालमा विवाह गर्न पाउने उमेरको प्रावधानको बिचार गर्नुपर्ने बेला आएको बताए

काठमाडौं, 4 अक्तूबर 2021

सांसदहरुले नेपालमा विवाह गर्न पाउने उमेरको प्रावधानको बिचार गर्नुपर्ने बेला आएको बताएका छन् । सोमबार प्रतिनिधिसभाको कानुन, न्याय तथा माधव अधिकार समितिको वैठकमा उनीहरुले विद्यमान कानुनमा शारीरिक सम्पर्कका लागि १८ बर्ष र विवाहका लागि २० बर्ष उमेर तोकिनुमा समस्या रहेको भन्दै यस्तो प्रावधानमा बिचार गर्नुपर्ने बेला आएको बताएका हुन् ।  कानुनले १८ वर्षमा वालिग हुने व्यवस्था गरिसकेपछि विवाह गर्नका लागि उमेर हद तोकिरहनु नपर्ने उनीहरुको भनाई छ । बैठकमा सांसद मातृका यादवले मुलुकी देवानी संहिता–२०७४ मा केटा र केटी दुवैका लागि विवाह गर्ने उमेर २० वर्ष रहेको भन्दै बिवाहको उमेर १८ बर्ष राख्नुपर्ने धारणा राख्नुभयो । त्यस्तै उहाले लिभिङ टुगेदरलाई अस्थायी रुपमा दर्ता गर्नुपर्ने बताउनुभयो । त्यस्तै सांसद मीन विश्वकर्माले लिभिङ टुगेदर समस्या बन्दै गएको र बलात्कार सम्बन्धी कानुनी प्रावधान स्पष्ट नहुँदा समस्या देखिएको बताउनुभयो । उहाले अब बिबाहको उमेर १८ मा झार्नुपर्ने उल्लेख गर्नुभयो । शारीरिक सम्पर्कका लागि १८ बर्ष र विवाहका लागि २० बर्ष उमेर तोकिनुले समाजमा बिकृती उत्पन्न भएको हुन सक्ने उहाको भनाई छ । त्यस्तै सांसदहरुले बलात्कार सम्बन्धी कसुर तथा सजाय सम्बन्धी विद्यामान कानुनमा परिमार्जन आवश्यक रहेको धारणा राखेका थिए । समितिले बलात्कार सम्बन्धी कसुर तथा सजाय सम्बन्धी विद्यामान कानुनी व्यवस्थाबारे छलफल गरेको हो ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...