HomeFeatureसांसद कोमल वलीले रघुजी पन्तविरुद्ध दायर गरिन मुद्धा, रघुजी पन्तले गरेका थिए...

सांसद कोमल वलीले रघुजी पन्तविरुद्ध दायर गरिन मुद्धा, रघुजी पन्तले गरेका थिए असभ्य टिप्पणी

काठमाण्डौ, 9 मार्च 2021

राष्ट्रिय सभा सांसद कोमल वलीले नेकपा नेता रघुजी पन्त विरुद्ध गाली बेइज्जतीको मुद्धा दायर गर्नु भएको छ । सांसद वलीले मंगलबार काठमाडौं जिल्ला अदालत पुगेर नेकपा एमालेका नेता रघुजी पन्त विरुद्ध गाली बेइजतीको मुद्धा दायर गर्नुभएको हो । नेता पन्तले राष्ट्रिय सभाकी सांसद वलीमाथि केही समय अघि एक कार्यक्रममा असभ्य टिप्पणी गरेका थिए । सो टिप्पणीको सबैतिर तिव्र आलोचना भएको थियो । नेता पन्तले गरेको टिप्पणीले आफुलाई चोट पुगेको तथा समस्त आमा, दिदीबहिनीहरुको मान प्रतिष्ठामा चोट पुगेकाले मुद्धा दायर गर्नुपरेको राष्ट्रिय सभा सदस्य वलीेले बताउनुभयो । नेता पन्तको टिप्पणीले सम्पूर्ण आमा, दिदीबहिनीहरु माथि लैंगिक हिंसा भएको उहाँको भनाई छ ।

उहाँले भन्नुभयो – उहाँले माफि माग्नुभएको छैन । मेरो आशय त्यस्तो थिएन भन्नुभएको छ । त्यसकारण उहाँले म सँग माफि पनि माग्नुभएको छैन । र यस्ता शब्दहरु प्रयोग गर्नुभएको छ कि माफ गर्न क्षम्य हुने खालको छैन । त्यसकारणले गर्दा मलाई चोट पुगेकै हुनाले र मलाई मात्र होइन समस्त आमा, दिदी बहिनीहरुको मान प्रतिष्ठामा चोट पुगेको हुनाले म मुद्धा दर्ता गर्दैछु । सम्पूर्ण आमा दिदीबहिनीहरु माथि लैंगिक हिंसा भएको हुनाले, यौनिक उत्पीडनको कुरा भएको हुनाले, यौनिकता, महिला शोषणको कुरा भएकाले कानुनी प्रक्रियामा जाने मैले निर्णय गरे । अदालतले जे निर्णय गर्छ त्यसलाई मैले आत्मसात् गर्नेछु ।

सांसद वलीले आफु माथिल्लो सदनको विधायिका भएको हुनाले आफुले आत्मसम्मानको खोजी गर्न नसके, न्यायको खोजी गर्न र न्यायको लागि बोल्न नसके अरुको अवस्था पनि त्यस्तै हुने भन्दै अदालत आउनु बाध्यता भएको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...