HomeFeatureसांसद मेटमणि चौधरी भन्छन: भूमि समस्या समाधानको संसदीय समिति बनाउनुपर्छ

सांसद मेटमणि चौधरी भन्छन: भूमि समस्या समाधानको संसदीय समिति बनाउनुपर्छ

काठमाण्डौ, 12 अप्रिल 2021
नेकपा(एमाले)का सांसद मेटमणि चौधरीले नेपालमा भूमि समस्या समाधानको लागि संसदीय समिति बनाउन माग गर्नुभएको छ । सोमबार प्रतिनिधि सभाको विशेष समयमा बोल्दै सांसद चौधरीले किसानले जोतभोग गर्दै आएको जमिन नापी हुँदा जमिनदारको नाममा गरिएको, गुठीको नाममा बनाइएको लगायतका समस्याहरु रहेको बताउनुभयो । उहाँले भूमि सम्बन्धी यस्ता समस्याहरु समाधानको लागि समस्याग्रस्त जिल्लाका सांसदहरुको सहभागितामा संसदीय समिति बनाउन माग गर्नुभयो । यस्तै पुर्खाको जमिन अरुले लगिदिदाँ किसानहरुको मनोविज्ञान विद्रोही बनेको पनि बताउनुभयो । बाढीपहिरोका कारण विस्थापित भएर बसोबास गरिरहेको जमिनको विषय पनि सम्बोधन हुन नसकेको बताउनुभयो । भूमि सम्बन्धी समस्या समाधानका लागि सम्बन्धित मन्त्रालयबाट काम हुन नसकेकोले समस्याग्रस्त जिल्लाका सांसदहरुको सहभागितामा संसदीय समिति बनाउँदा राम्रो हुने बताउनुभयो ।

उहाँले भन्नुभयो २०५२ सालमा लालपुर्जा प्राप्त गरेका तर लालपुर्जाको रेकर्ड, मालपोत कार्यालयमा कायम नभएको र नापी कार्यालयमा पनि कित्ताकाट नभएको जमिन पनि प्रशस्त छ । भूमि समस्या समाधानका लागि समस्यालाई पहिचान गरौँ । यी सबै समस्या समाधान गर्न सम्बन्धित मन्त्रालयबाट मात्रै समाधान हुने छाँटकाट नदेखिएकोले समस्याग्रस्त जिल्लाका सांसदहरुको सहभागितामा एक संसदीय समिति बनाएर अघि बढेमा दशकौं देखिको भूमि समस्यालाई समाधान गर्न सक्छौँ ।

सांसद चौधरीले दाङ, रोल्पा, प्युठान, रुकुम पूर्व, रुकुम पश्चिमका सरकारी विद्यालयहरुमा शैक्षिक सत्रको शुरुवात देखि नै पाठ्यपुस्तकको अभाव हुने गरेकाले दाङ जिल्लामा जनक शिक्षा सामाग्री केन्द्रको डिपो स्थापना गरी विद्यार्थीहरुलाई समयमै पुस्तक उपलब्ध गराउन माग गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...