काठमाडौं, 19 जनवरी 2023
नेपाल मजदुर किसान पार्टी (नेमकिपा)ले आफूलाई प्रमुख प्रतिपक्षी दल घोषणा गर्न माग गरेको छ ।
प्रतिनिधि सभाको बिहीबार बसेको बैठकमा विशेष समय लिएर बोल्दै नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का सांसद प्रेम सुवालले २६ पुसमा प्रधानमन्त्रीलाई विश्वासको मत नदिने सबभन्दा ठूलो पार्टी आफ्नो दल भएको बताए । उनले अघि भने, कानुनी व्यवस्था अनुसार प्रमुख प्रतिपक्षी पार्टी नेमकिपा हो।’
संघीय कानुन बमोजिम विपक्षी दल तोकेर मात्र संसद चलाउनुपर्ने उनको माग छ । सत्ता पक्षसँग पदको साझेदारी गर्ने दल प्रमुख प्रतिपक्षी बन्न नसक्ने भन्दै उनले भने, ‘प्रधानमन्त्रीलाई विश्वासको मत दिने कांग्रेसले प्रमुख प्रतिपक्षी दलको कुर्सी छाड्न नचाहने हो भने नेपालमा पश्चिम शैलीको संसदीय व्यवस्था समाप्त भयो, पूर्वी शैलीको राजनीतिक प्रणाली अवलम्बन गरिएको घोषणा गर्न जरुरी छ ।’
गएको पुस २६ गते प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई नेपाली कांग्रेसले विश्वासको मत दिएको थियो ।









































