काठमाडौं, 28 दिसम्बर 2021
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले सांस्कृतिक क्रान्ति आफुबाटै सुरु हुने बताउनुभएको छ । मंगलबार महाधिवेशनस्थल प्रज्ञा भवनमा संञ्चारकर्मीमाझ संक्षिप्त प्रतिक्रिया दिदै प्रचण्डले सांस्कृतिक क्रान्ति लगाएत सवै कुरा आफुबाटै महाधिवेशन स्थलबाटै सुरु हुने बताउनुभएको हो । उहाले सांस्कृतिक क्रान्तिका लागि फिल्डमा जाने पनि बताउनुभयो । त्यस्तै माओवादी नेता मातृका यादवले नेतृत्व बिग्रनुमा सबै नेता दोषी भएको भन्दै अब समीक्षा गर्ने बेला भएको बताउनुभयो । उहाले अध्यक्ष प्रचण्डमात्र रुपान्तरण भएर नपुग्ने र त्यसका लागि सवै तयार हुनुपर्ने धारणा राख्नुभयो । यादवले केन्द्रीय कमिटीले पदाधिकारी चयन गर्ने जानकारी दिनुभयो । नेकपा माओवादी केन्द्रले पार्टीका प्रत्येक कमिटीमा समानुपातिक समावेशी संख्या विभाजन गर्न समिति गठन गरेको छ । मंगलबार प्रज्ञा भवनमा बसेको माओवादी स्थायी कमिटी बैठकले केन्द्रीय कमिटी र पदाधिकारीहरूमा समानुपातिक समावेशी कलस्टर तयार गर्नका लागि पाँच सदस्यीय समिति गठन गरेको हो । समितिलाई केन्द्रीय समिति लगायतमा समानुपातिक समावेशीको क्लस्टर बनाउने जिम्मेवारी दिएको माओवादी नेता देवेन्द्र पौडेलले जानकारी दिनुभयो । युवा, महिला, मुस्लिम, जनजाती र संविधानमा व्यवस्था गरेअनुसारको समावेशीको क्लस्टर बनाउने उहाले जानकारी दिनुभयो । त्यस्तै महाधिवेशन दुई दिन लम्विने र १६ गतेसम्म महाधिवेशन सम्पन्न गर्ने उहाको भनाई छ । बुधबार १ बजे दखि समूह नेताले समूहको निष्कर्ष पेश गर्ने कार्यक्रम रहेको छ । पर्सीसम्म निष्कर्ष पेश गर्ने समय निर्धारण गरेको पौडेलले बताउनुभयो ।









































